चन्द्र प्रसाद भाट,बिनायक अछाम
पञ्चदेवल बिनायक नगरपालीकाद्धारा आयोजित २ दिने अपांगता परिचय पत्र वितरण सम्बन्धि शिविर पञ्चदेवल बिनायक नगरपालीकामा आजबाट सुरु भएको छ । पन्चदेवल विनायक नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालन भएको शिबिरको नगर प्रमुख देवराज देवकोटा द्धारा शिविरको उद्घाटन गरीएको छ।

आज पहिलो दिन क वर्ग २ ख बर्ग ३ ग बर्ग ३ घ वर्ग ३ गरि ११ जनालाई अपांगता परिचय पत्र वितरण गरीएको छ । शिबिर उद्धघाटन कार्यक्रममा नगर उप प्रमुख अम्विका चलाउने,कमलबजार प्राथमिक केन्द्रका डा.कमल साउँद,स्वास्थ्य शाखा विनायकका संयोजक डम्बर बहादुर शाह,स्वास्थ चौकि ईन्चार्ज उमेश शाहु,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सह सचिव तपेन्द्र बहादुर धामी लगायतको उपस्थिति रहेको थियो । शिबिरको उद्धघाटन गर्दै नगरप्रमुख देवकोटाले आगामि दिनमा हरेक महिनामा शिविर सन्चालन गर्ने बताउनुभयो ।
आपाँगता भएका नागरीकहरुलाई मध्यनजर गर्दै उनिहरुको सहजताका लागी प्रत्येक महिनामा शिबिरको आयोजना गरीने बताउनुभयो । शिविर भोलि सम्म सन्चालन हुने भएकोले सम्पूर्ण अपांगता भएका व्यक्तिहरुलाई शिबिरमा आई सेवा लिन आग्रह आग्रह गरीएको छ ।