रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछाममा ८४ हजार बढीको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता

अछामका ५ ठाँउमा स्थायी बन्ध्याकरण शिबिर संचालन हुदैँ
43
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

टेकराज भण्डारी, चैत्र ३, अछाम : गत पौष २१ गतेबाट अभियानका रुपमा सञ्चालन भएको राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता कार्य अछाममा उत्साहजनक रुपमा भैरहेको छ । जिल्लामा रहेका प्रायःजसो सबैले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराईरहेका छन् । सो कार्यमा हालसम्म करिब ७६ हजार बढी नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् ।

हालसम्म अछामका विभिन्न १० स्थानीय तहका ७६ हजार ८ सय ८ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । जिल्लाका आठ पालिकामा रहेका सम्पूर्ण नागरिकले विवरण दर्ता गराए संगै ती पालिकामा दर्ता कार्य सम्पन्न भैसकेको कार्यालयले जनाएकोे छ ।

जिल्लाका पञ्चदेवल विनायक नगरपालिकामा ९ हजार १ सय २१ जना, रामारोशन गाउँपालिकामा ७ हजार ४ सय ९८ जना, मंगलसेन नगरपालिकामा ८ हजार ६ सय ३० जना, कमलबजार नगरपालिकामा ६ हजार ४ सय १४ जना तथा बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार २ सय ४७ जनाको विवरण संकलन गर्दै यी पालिकामा विवरण दर्ता कार्य सम्पन्न भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो ।

यस्तै मेल्लेख गाउँपालिकामा ८ हजार १ सय ६० जना, चौरपाटी गाउँपालिकामा ७ हजार ६ सय ६९ जना, साँफेबगर नगरपालिकामा १० हजार ६७ जनाको विवरण दर्ता गरिएको र ती पालिकामा रहेका सम्पूर्ण नागरिकले विवरण दर्ता गराईसकेका जिल्ला प्रशाशन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले जानकारी दिनुभयो ।

अभियान जारी रहेका दुई पालिकामा पनि दर्ता कार्य तीब्र रुपमा अघि बढिरहेको छ । जसअनुसार ढकारी गाउँपालिकामा ७ हजार ८९ जना, र तुर्माखाँद गाउँपालिकाका ६ हजार ९ सय १३ जनाको विवरण राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरिएको छ । यी दुई पालिकामा पनि केही दिनमै दर्ता कार्य सक्ने लक्ष्य लिईएको कार्यालयले जनाएको छ ।

३ महिनामा अछाम जिल्लाका सम्पूर्ण नागरिकको विवरण दर्ता गरिसक्ने गरि अभियान सञ्चालन गरिएको हो । हरेक पालिकाका वडा तहमा गएर राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन तथा सामाजिक सुरक्षा कार्यक्रममा विवरण अद्यावधिक कार्य शिविर सञ्चालन गरी अभियानको रुपमा भैरहेको छ ।

अछाम जिल्लामा २०७६ साल असार २६ गतेदेखि जिल्ला प्रशाशन कार्यालयल मार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्यको शुभारम्भ गरिएको थियो । जिल्ला प्रशाशन कार्यालयबाट हालसम्म करिब ७ हजार २ सय बढीले विवरण दर्ता गराएका छन् ।

स्थानीय तहमा सञ्चालित शिविर र जिल्ला प्रशाशन कार्यालयमा गरी हालसम्म करिब ८४ हजार नागरिकको विवरण संकलन भएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । जिल्ला प्रशाशन कार्यालयमा विवरण दर्ता गराएकामध्ये हालसम्म १ हजार १ सय ३७ जनाको राष्ट्रिय परिचयपत्र तयार भैसकेको छ भने १ सय ७० जनाले परिचयपत्र लिईसकेका छन् ।

नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ । हाल यो कार्यलाई नेपाल सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ ।

अछाम जिल्लाको हकमा रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेकाको संख्या समेत बढी रहेको पाईएको छ । करिब ३५ देखि ४० प्रतिशत नागरिक बाहिर रहेको पाईएको हो । बढीमा ६० प्रतिशत नागरिकको विवरण दर्ता हुन सक्ने देखिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

नेकपा एमाले  अछामकाे सचिवालय बैठक  सम्पन्न

नेकपा एमाले अछामकाे सचिवालय बैठक सम्पन्न

April 18, 2021
गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

April 18, 2021
गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

April 18, 2021
मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

April 18, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः  बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
संवाददाताः देवेन्द्र थापा, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal