२०७६ असार २५, भारतमा निर्माणधिन भवन ढल्दा बझाङ घर भएका एकै परिवारका तीन जना र १ भारतीय नागरिकको मृत्यु भएको छ।
मंगलबार राति भारतको बेङ्लोरमा निर्माणधिन भवन ढल्दा बझाङको थलारा गाउँपालिका–२ बगडाका नारायण खड्का, उनकी श्रीमती मञ्जु खड्का र छोरी अनुष्का खड्काको मृत्यु भएको हो भने भारतीय नागरिक बिहारका शम्भु कुमारको मृत्यु भएको हो।

यस्तै उक्त भवनबाट ७ जनाको उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।