लाल बहादुर चदारा असार २५ अछाम
स्वास्थ्य क्षेत्रको लागि सामाजिक परिक्षण कार्यक्रम मेल्लेख चार कुस्कोटमा सम्पन्न भयको छ । स्वस्थ्य सस्थाको सेवालाई गुणस्तरीय तथा उत्तरदायि बनाउन, सेवाप्रदायक सस्थाको निति नियम कार्यक्रम कार्यनयन र सेवा गराहि लाई सेवा प्रवहाको अबस्था, सेवा प्रवाहको लेखा जोखा र सेवा को प्रभाबकारिता बारे सरोकारवालाको धारणाको आधारमा समाजिक परिक्षण गरियको हो ।

सो कार्यक्रम स्वास्थ्य को समग्रसुधारको लागि कार्ययोजना समेत तयार पारेको छ स्वास्थ्य क्षेत्रको गतिविधिको बारेमा कुस्कोट स्वास्थ्य चौकि ईनचार्ज हर्क बिकले जानकारि गराउनुभएको थियो ।
स्वास्थ्य ब्यबस्थापन समिति अध्यक्ष बिर बहादुर साउदको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै साउदले समुदायमा महिला स्वास्थ्य स्वयमसेबिकाले ठुलो भुमिका खेलेको भन्दै आगामि दिनमा वडा बाट स्वास्थ्य क्षत्रको लागी बिशेष कार्यक्रमको लागि पहिलो प्रथामिकतामा राखिने बतउनुभयो ।
कार्यक्रममा बासुकि मा बि का प्रधानाध्यापक कालु सिहँ साउले स्वस्थ्य सस्था राम्रो बनाउन समुदाय राम्रो हनु पर्ने बताउनुभयो । मेल्लेख स्वास्थ्य शाखाको सहकार्य र कुस्कोट स्वास्थ्य चैकिको आयोजनामा भयको सामाजिक परिक्षण कार्यक्रममा
स्थानीय जनप्रतिनिधि राजनीतिक दल महिला स्यमसेबिका आमासमुह सुनौला हजार दिनका आमा स्वास्थ्य कर्मि लगायतको सहभागिता रहेको सो कार्यक्रम को सहजिकरण पत्रकार खम्म खत्रि र लालबहादुर चदाराले गर्न ु भयो साहि कार्यक्रम मेल्लेख छ शोडषामा पनि सम्पन्न भयको छ ।