चैत्र, २३, अछाम : अछाममा डोजर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा डोजर दुर्घटनामा परि डाेजरका अपरेटर डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षका किरण बोगटीको ज्यान गएको हो ।
ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै चण्डाली जाने क्रममा भिर भन्ने स्थान बाट करिव १ सय ५० मिटर तल खोलामा खसेर चालक बोगटीको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभएको छ।
घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घटना स्थल गएको छ ।
डोजरका सह चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
केही दिन पहिले मात्र सोही भिरबाट विद्यालय जाने क्रममा चण्डाली निवासी ७ बर्षिया बालिकाको समेत लडेर ज्यान गएको थियो ।