चैत्र, २३ अछाम : मंगलसेन नगरपालिका उपप्रमुख तथा अनुगमन समितीका सङ्योजक सरिता उपाध्याय सहितको टोलिले बिभिन्न वडाका योजनाहरुको स्थलगत अनुगमन गरेको छ ।
टोलिले वडानम्वर १ र ६ मा निर्माणकार्य सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका योजनाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा भैँसले खानेपानि आयोजना, गुठिना खानेपानि आयोजना, आर्दश वाल विकास केन्द्र, सिराडी जैधन ग्रामिण सडक, छडेखोला नाउँला घर खानेपानि आयोजनाको स्थलगत अनुगमन गरीएको नगरपालिकाका स्टोर किपर तथा प्रशासन शाखाका नरेश कठायतले जानकारी दिनुभयो ।
अनुगमन पश्चात नगर उपप्रमुख उपाध्यायले निर्माण भएका विकासे योजनाको दिगोपना र अपन्वत्व ग्रहणका लागि स्थानीयवासी अग्रसर रहनुपर्ने बताउँनुभएको छ ।
उहाँले समग्रमा योजनाहरुको काम सन्तोषजन भएको बताउदै अरुका लागी भन्दा पनि दिगो र टिकाउ बनाउनु पर्ने कुरामा जोड दिदै सोचे अनुशारको काम भएको उहाँको भनाई थियो ।
नगरपालिकाले वडाका हरेक नागरिकहरु लाई सहज रुपमा खानेपानिको पहुँचमा पुगाउने लक्ष्य लिएको बताउनुभयो । बिगतका दिन देखी स्थानियहरुले खानेपानिको समस्या भोग्दै आएपनि अब त्यो समस्याको अन्त्य भएको उल्लेख गर्नुभयो ।
अनुगमन पश्चात नगर उप प्रमुख उपाध्याय सहित वडा नम्वर १ का अध्यक्ष गोपाल थापा, वडा नम्वर ६ का कार्यबाहक अध्यक्ष देवेन्द्र भण्डारी, प्रशासन शाखाका नरेश कठायत, सब ईन्जीनीएर हरिश बडाल लगायतको सहभागीता रहेको थियो ।
अनुगमन गरिएका केही तस्बिहरू ।