२०७६ असार २६, दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिकामा करेन्ट लागेर २४ वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नीरिक्षक हिक्मत बोहोराले जानकारी दिए। उनका अनुसार करेन्ट लागेर थप तीन जना घाइते भएका छन्।
घाईते हुनेमा विश्वेश्वर विष्ट, जगदिश भट्ट र महेश विष्ट रहेको प्रहरीले जनाएको छ। उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

विद्युतका तार जमिन छुने गरि विस्तार गरिदा दुर्घटना भएको स्थानीयले बताएका छन्। पानीको योजना निर्माण गर्न जाने समयमा तार नजिकै भएकाले करेन्ट लागेको उनीहरुको भनाई छ। स्थानीयले विद्युत प्राधिकरणको कमजोरीले दुर्घटना भएको आरोप पनि लगाएका छन्।