टेक बहादुर थापा अछाम
अछाम जिल्लाका अधिकांस लेकाली भेगतिरको जग्गा बाझै देखिन्छ । पछिल्लो पुस्ताले खेतीपाती गर्नछोड्नु, बिदेश पलायन बढ्नु र जंगलीजनावरले खेती खान नदिनु लगायतका विभिन्न कारणले लेकाली भेगतिरका जग्गा बाझै भएका हुन ।

तर मंगलसेन नगरपालिका वडा न १० जुपुका युवाहरु आफ्नो लेकाली भेगतिरको जग्गालाई उर्वर भूमीका रुपमा परिणत गर्न लागीपरेका छन ।
लामोसमय सम्म खेतीनगरेर बाझैरहेको जुपुको सिरानमा रहेको भुटेनतोला लेकमा स्थानीय भरत रावल, पूर्ण रावल,बम बहादुर रावल लगायत ४ भाई मिलेर ८ रोपनी भन्दाबढी जग्गामा ब्यावसायीक रुपमा खेती गर्न थालेका छन ।
बाजे बुवाको पालामा खेती गरिने जग्गा बाझै हुदा आफुहरुलाई त्यो जग्गाले गिजाईरहेको महसुस भएपछि भाईहरु मिलेर ब्यावसायीक रुपमा तरकारी खेती गर्न थालेको युवा ब्यवसायी भरत रावलले बताउनुभयो ।
शुद्धहावा पानी पाईने भुटेनतोलालेक खेतीका हिसाबलेपनी राम्रो उत्पादन हुने ठाउभएकाले अब केही गर्नुपर्छ भन्ने उदेश्यका साथ यो अभियानको सुरुवात गरेको उहाको भनाई छ ।
आफु डेढबर्ष दुवई बसेर आएको र त्यहाको दुख्ख पिडा सम्झेर आफुले यो अभियानको सुरुवात गरेको अर्का ब्यावसायी पूर्ण बहादुर रावलको भनाई छ ।
बिदेश पालयन हुनुभन्दापनी आफ्नो गाउठाउमा रहेको यस्तो उर्वर बाझो जग्गामा खेतीगरेर ब्यासायीक बन्न सुझाव दिदै युवाहरु जागेमा यही ठाउलाई स्वर्ग बनाउन सकीने बताउनुभयो ।
रावलका ४ दाजुभाईले ८ रोपनी गग्गामा अदुवा खेती, एकरोपनीमा टमाटोरखेती गर्नुभएको छ भने एकसय भन्दाबढी बाख्रापालनका लागी आधुनिक खोर समेत बनाउनुभएको छ ।
घना जंगलको बिचमा समथल जग्गा त्यसैमा हरियो तरकारी, आधुनिक खोर र तरकारी खेतीकोलागी हालिएका टर्नेल देख्दा त्यहा जाने जोसुकैको पनी मन लोभिन्छ ।
रावलका ४ दाजुभाई आधुनिक तरकारी खेती संगै अन्य ब्यावसायपनी गरिरहनु भएको छ । अहिले भरखरै ब्यावसायको सुरुवात भएको र यसलाई अझै ब्यवस्थित ढंगले अगाढी बढाउन सके १५ देखी २० जना युवाले रोजगार समेत पाउने रावलका दाजुभाईको भनाई छ ।
रावल दाजुभाईले संञ्चालन गरेको यो कार्यमा मंगलसेन नगरपालिकालेपनी सहयोग गरेको छ । नगरपालिकाले बाख्रापालन, ५ वटा माहुरीका घार र अन्य प्राविधीक सहयोगपनी गरेको छ । साहारा कृषि तथा पशुपंक्षी विकास केन्द्रबाट संञ्चाली गतिविधीलाई बृहत रुपमा अगाडी बढाउन वरिपरिको अरु जग्गापनी किन्ने तयारी भईरहेको अर्का युवा ब्यावसायी बम बहादुर रावलले बताउनुभयो ।
यता युवाहरुले संञ्चालन गरेको ब्यावसायको अनुगमन गर्न गएको सरोकारवालाको टोलीलेपनी रावलका दाजुभाईले गरेका कामको प्रसंसा गरेको छ । गरेपछि सबैकुरा सम्भव हुने भन्दै लेकाली भेगको बाझो जग्गालाई उर्वर भूमीका रुपमा परिणत गरेको देख्दा आफुलाई गौरवको महसुस भएकाले यस्ता युवाहरुलाई आगामी दिनमा सहयोग गर्ने वडा न १० का अध्यक्ष नेत्र रावले बताउनभुयो ।
वडा न ११ का अध्यक्ष डबल सिं भण्डारीले युवाहरुलाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने आफुहरुको योजना रहेकाले आगामी दिनमा कृषिलाई पहिलो प्राथामीकता दिने र राम्रो गर्नेकृषकहरुलाई उचित अनुदानको समेत ब्यवस्था गर्ने उहाको भनाई छ ।