शंकर थापा असार २७ अछाम
अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कुखुराको दाना उत्पादन उद्योग सञ्चालन गरीने भएको छ । गाउँपालिका भित्रका युवाहरुको सक्रियतामा गाउँपालिकाको व्यापारिक केन्द्र जयगढ बजारमा उद्योग सञ्चालन गर्न लागीएको हो ।

वेराजेगार युवाहरु लाई गाउँमै स्वरोजगार बनाउनको लागी पछिल्लो समय बिभिन्न खालका कार्यक्रमहरु लागु भईरहेका छन । स्थानिय सरकारले पनि गाउँपालिका भित्र रहेका युवाहरु लाई बिभिन्न सिपमुलक तालीम प्रदान गरेर स्वरोजगार बनाईरहेका छन ।
जिल्लाका कुखुरा व्यवासायीहरु लाई मध्यनजर गर्दै जयगढमा उद्योग सञ्चालन गर्न लागीएको बताईएको छ । बिगत लामो समय देखी अछाम जिल्लाका बिभिन्न बिकट क्षेत्रमा रचनात्मक काम गर्दै आईरहेको गैरसरकारी संस्था वाक नेपालको बिशेष पहल आर्थिक सहयोगमा कुखुराको दाना उद्योग संञ्चालन गर्न लागीएको हो ।
संस्थाले गाउँपालिका भित्र रहेका युवाहरुमा भएको सिपको सदुपयोग गरेर उद्यमी बनाउनको लागी यो कार्यक्रम ल्यायएको युवा शसक्तिकरण बुलगारी परियोजनका बिकास सुपरिबेक्षक महादेव ओझाले बताउनुभएको छ । उद्योग सञ्चालन गर्नको लागी बान्नीगढी जयगढ गाउँपालिका भित्रका ५ जना युवाहरुको नेतृत्वमा समिती मार्फत अगाढी बढीरहेको स्थानिय युवा खेमराज ओझाले बताउनुभयो ।
आफु संग प्रसस्त सिप भएर गाउँमा बेराजगार बस्नु परेको भन्दै वाक नेपालले बिभिन्न उद्योग समन्धी तालीम दिएर आफु लाई आत्मनिर्भत बनाएको भन्दै उद्योग सञ्चालनको लागी जुटेको उहाँले बताउनुभयो । यस्तै आर्को युवा देबेन्द्र थापाले कुखुराको दाना उत्पादन उद्योग बाट एक असल उद्यमी बनेर रोजगार बन्ने बताउनुभयो ।
उहाँले यो व्यावसाय बाट आम्दानी गर्दै जिल्लाका एक नमुना बनेर चिनाउने बताउनुभएको छ । उद्योग संञ्चालन गर्नका लागी ४० प्रतिशत बान्नीगढी जयगढ गाउँपालिका,४० प्रतिशत वाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित युवा स–शक्तिकरण बुलगारी परियोजनाको र कम्तिमा २० प्रतिशत सम्बन्धीत युवा उद्यमी समूहका सदस्यको लगानी रहने छ ।
बान्नीगढी जयगढ गाउँपालिका, वाक नेपाल र बान्नीगढी कुखुरा दाना उद्योग संञ्चालन गरीने बताईएको छ । उद्योटग संञ्चालनका लागी सञ्चालक समूहबीच त्रीपक्षीय सम्झौता गरी उद्योग सञ्चालनको प्रक्रिया अगाडी बढिरहेको वाक नेपाल युवा स शक्तिकरण वुलगारी परीयोजनाका बिकास सुपरीबेक्षक महादेव ओझाले जानकारी दिनुभयो ।
यसैबिच गाउँपालिका मै पाउरोटी उत्पादन उद्योग पनि सञ्चालन गरीनेभएको छ । उद्योग सञ्चालनका लागी प्रक्रिया तिब्र रुपमा अगाढी बढीरहेको छ ।