तपेन्द्र कुवँर अछाम

साँफेबगर नगरपालिकाकाले आगामि आर्थिक वर्ष २०७६÷०७७ को लागि ७९ करोड ६२ लाख ५९ हजार वरावरको वजेट नीति तथा कार्यक्रमलाई सर्वसम्वत रुपले पारित गरेको छ । असार १० गते तेस्रो नगर सभामा नगर उपप्रमुख विर्मला वुड्थापाले प्रस्ताव गर्नुभएको वजेट नीति कार्यक्रमलाई तेस्रो नगर सभाको दोस्रो वैठकले सर्वसम्मत रुपले पारित गरिएको छ ।
आज नगर प्रमुख कुलबहादुर कुँवरले वैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक ऐन, आर्थिक वर्ष २०७६÷०७७ का नगर कार्यपालिका निर्णय, र विनियोजन ऐनलाई पनि नगर सभाले सामान्य सुझाव सहित पारित गरेको छ ।
तेस्रो नगर सभामा चालु तर्फ ५४ करोड ३५ लाख र पूँजीगततर्फ २५ करोड २७ लाख ५९ हजार वरावरको वजेट पारित गरिएको छ । साँफेबगर नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ को लागि नगरस्तरीय योजनाको लागि १७ करोड ९४ लाख ५९ हजार विनियोजित गरेको छ ।
वडाको कार्यालयको पूँजिगत विकासको लागि ६ करोड ३३ लाख, विषयगत कार्यालयको सामाजिक विकासको लागि करोेड, नगरपालिकाको चर्चित कार्याक्रम कपालदेखि कम्युटर सम्मको तालिमको लागि १ करोड विनियोजित गरिएको नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।
खानेपानी पूर्वाधार तर्फ १ करोड,सामाजिक परिवर्तनका लागि बस्ति उज्यालो कार्यक्रमतर्फ ७० लाख, सडक पूर्वाधार निर्माणतर्फ ५३ लाख, नगरपालिकाका विभिन्न योजना निर्माणको लागि ५० लाख ५९ हजार, वडाको सुचांकको आधारमा विकासको लागि ५० लाख वयलपाटा अस्पताललाई अनुदान २० लाख,
खेलकुद क्षेत्रको विकासको लागि ३० लाख, जलविद्यतु निर्माण तथा लाईन प्रसारणको लागि २० लाख, हेलि प्याड निर्माणमा २१ लाख, क्याम्पस भवन निर्माण ३० लाख, लैगिक समानता र सामाजिक समावेसिकरण कार्यक्रमको लागि १० लाख विनियोजित गरिएको नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।
नगरपालिकाले आगामि आर्थिक बर्षमा ८२ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । वजेट तथा नीति कार्यक्रममा चालु आर्थिक वर्षका केही कार्यक्रमहरुलाई निरन्तरतासँगै केही नयाँ वजेटमा केही नयाँ कार्यक्रमहरु समिटिएको छन ।
सिप बिकास तथा जनचेतना तालिम तथा गोष्ठी कपाल देखि कम्प्युटर तालिम, हेलिप्याड निमार्ण, एक घर एक करेसा बारी निमार्ण, पशु व्यवसाय प्रवद्र्धन, कृषिलाई व्यवसायीकरण, महिला तथा वालवालिका, खानेपानी योजना, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति, सबै वडामा विद्युत पु¥याईने जस्ता पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् ।
साँफेबगर नगरपालिकाकाले आगामि आर्थिक वर्ष २०७६÷०७७ को तेस्रो नगर सभा सर्वसम्वत रुपले वजेट नीति तथा कार्यक्रम सर्वसम्बत पारित गर्दै सम्पन्न भएको छ । तेस्रो नगर सभाको दोस्रो वैठकमा सहभागि सभासदहरुले नगरपालिकाले दिर्घकालसम्म प्रभाव पार्ने योजना तथा कार्यक्रम ल्याउनु पर्नेमा सुझाव दिएका छन ।
वैठकमा वोल्दै सभासद भरत कुमाले नगरले सवैका सुझाव सल्लाहलाई शिरोधार्य गर्दै नगरको समृद्धिका योजनाहरु समेट्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले केही व्यक्तिले दिएका सुझाव सल्लाहलाई कार्यान्वन नगरी समग्र नगरको विकासका योजनाहरु समेट्नुपर्नेमा जोड दिनुभयो ।
सभासद देवबहादुर कुँवरले कृषिm वन तथा वातावरणका कार्यक्रमलाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । यस्तै सभासद सागरसिंह बाब्लील नगरले ल्याएको वजेट नीति तथा कार्यक्रम राम्रो भएको भन्दै कार्यान्वनमा जोड दिनुभयो । कार्यक्रममा वोल्दै नगर सभा सदस्य कृष्णबहादुर वुढा, ध्रुर्व थापाले नगरको समृद्धिको लागि कृषको पकेट क्षेत्र घोषणा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नगरका उत्कृष्त कृषिकलाई कृषि पेशामा लाग्न अभिप्रेरित गर्नको लागि सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै नगरका १४ वटै वडाको डिपिआर निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । सभासद अमरबहादुर शाहले वजेटमा सवै योजनाहरुको यर्थाथ विवरण आउन नसकेको बताउनुभयो ।
उहाँले नगरको समृद्धिको लागि सवैले लाग्नु पर्नेमा जोड दिनुभयो । नगर सभा सदस्य उजिर साउदले नगरको सार्वजनिक जग्गा अतिक्रमण हुँदै गएको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै साँफेबगर वसपार्कको तत्काल व्यवस्थाको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सभासद रेनुका रेग्मी, जयन्ति वोगटीले महिला आर्थिक अवस्थामा परिवर्तन ल्याउने कार्यक्रममा जोड दिनुभयो । नगर उपप्रमुख विर्मला वुड्थापाले नगरपालिकाले आगमि आर्थिक वर्षको लागि ल्याएका सम्पूर्ण कार्यक्रमहरु जनतामुखी भएको भन्दै कार्यान्वनमा जोड दिनुभयो । उहाँले योजनाको पारदर्शि रुपमा कार्यान्वनको लागि सवैको भूमिका महत्वपुर्ण रहेको धाराणा व्यक्त गर्नुभयो ।
सहभागिको जवाफ दिदै नगर प्रमुख कुलबहादुर कुँवरले सभासदले उठाएको जिज्ञासाको जवाफ दिनुभएको थियो । नगर सभामा उठको विषयलाई सवैको सुझाव सल्लाह अनुसार कार्यान्वयन गरिने संसदलाई जानकारी गराउनुभयो ।
नगरको सार्वजनिक जग्गा अतिक्रमणमा जनप्रतिनिधिदेखि राजनीतिक दलको सहभागिता रहेका हुँदा समस्या भएको भन्दै यसको नियन्त्रणको लागि पहल गरिने बताउनुभयो । कृषि, पशुमा आत्मनिर्भर बनाउनको लागि पहल गर्ने बताउनुभयो । उहाँले नगरको समृद्धिको लागि सबै सभासदको सहयोगको आवश्यक रहेको बताउनुभयो ।