कमल रावल ३१ असार
नेपाल कम्युनिष्ट पार्टि नेकपाका नेता मिन बहादुर रावलको पशुपति अार्यघाट काठमाडौंमा अन्त्येष्टि गरिएको छ । पेटको समस्याका कारण काठमाडौंको शिक्षण अस्पतालमा असार ३० गते मध्यान्ह १२ बजेर १० मिनेटमा ५१ बर्षको उमेरमा उपचारको क्रममा निधन भएपछि हिन्दु परम्परा अनुसार दाहासस्कार गरिएको हो ।

नेता रावलको पार्थिव शरिरमा श्रद्वान्जलि ब्यक्त गर्न पशुपति अार्यघाट पुगेका नेपाल कम्युनिष्ट पार्टिका स्थायि कमिटि सदस्य तथा सुदुरपश्चिम ईन्चार्ज भिम रावलले पार्टिको हशिया हतौडा अंकित झण्डा अाेडाउदै पार्टिका लागि अहोरात्र खटने एक निडर ब्यक्तिको निधनले पार्टिलाई अपुरणिय क्षति पुगेको बताउनु भयो ।
दुखको यस घडिमा शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै समवेदना समेत रावलले प्रकट गर्नु भएको थियो ।
अन्तिम श्रध्दाञ्जलि ब्यक्त गर्न राष्टिय सभा सदस्य तथा नेकपा अछामका अध्यक्ष शेर बहादुर कुवर, प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटि, झपट सिह रावल लगाएत नेता कार्यकर्ता सहित अाफन्त पशुपति अार्यघाट पुगेका थिए । तत्कालिन नेकपा एमाले अछाम सल्लाहकार सदस्य रहेका रावल मँगला नेरा मावि वलिगाउको निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो ।
राजनितिक, शैक्षिक, सामाजिक क्षेत्रमा अग्रणि ब्यक्तित्व रावलको निधनले वलिगाउ सहित जिल्लामा अपुरणिय क्षति पुगेको छ । मृतक रावलका धर्मपत्नि सहित एक छोरा र छोरि रहेका छन ।