असार ३१ अछाम
अछाम प्रहरी द्धारा साँफेबगर–२ श्रीकोटमा २३ लिटर अवैध मदिरा बरामद गरि नष्ट अछाम प्रहरीले अवैध मदिरा बरामद गरि नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी साँफेबजार बाट खटिई गएको प्रहरी गस्ति टोलिले साँफेबगर–२ श्रीकोटमा २३ लिटर अबैध न्यून गुणस्तरको मदिरा बरामद गरि नष्ट गरेको हो ।
प्रहरीको गस्ति टोलिले मंगलसेन बाट डडेल्धुरा गईरहेको ना. ५ ख १५०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा २३ लिटर
अवैध न्युन गुणस्तरको कमसल (सोफी) मदिरा बरामद गरि स्थानीय जनप्रतिनिधी र सरोकारवालाको रोहोबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।