चन्द्र भण्डारी साउन २ अछाम
रामारोशन गाउँपालिका वडा नम्वर १ मलातिकोटमा ३० जना सुत्केरी महिलाहरु लाइ सुत्केरी पोषण भत्ता बितरण गरिएको छ । मलातीकोट वडामा रहेका सुत्केरी आमालाई पोषण भत्ता बितरण गरिएको हो ।

स्वास्थ्य ब्यावस्थापन समितिका अध्यक्ष एवम वडा अध्यक्ष खडक बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष्य साउँदले नेपाल सरकारले ल्याएको नितीनियमको पालना गर्दै सबै महीलाहरुको बानीको बिकास गर्न र षोषणमा सुधार ल्याउनको लागी भक्ता बितरण गरीएको बताउनुभयो ।
उहाँले वडा बाट र आप्नो तर्फ बाट महीलाहरुका लागी बिशेष पहल गर्दै अगाढी बढाएको बताउनुभएको थियो । कार्यक्रममा नेपालि काङ्ग्रेसका वडा सभापति नवराज साउद ,आमासमुह,महिला स्वास्थ्य स्वयसेबिका लगायत सम्पुर्ण सरोकार वालाको उपस्थिति रहेको थियो ।
महिला स्वास्थ्य स्वयम सेबिका मथुरा खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चालन स्वास्थ्य इन्चार्ज अर्जुन ब बम ले गर्नुभएको थियो ।