राजेन्द्र कुवर साउन ३ अछाम
चौरपाटी गाउँपालिका आगामी दिनमा सामाजिक जबाफदेहिता अघि बढन सबै सरोकारवाला प्रतिबद्ध भएको प्रशिक्षण तालीमका सहभागीले बताएका छन ।सो प्रतिबद्धता चौरपाटी गाउँ पालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक जबाफदेहिता सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रम संचालन गर्दा जनाएका हुन ।

प्रशिक्षण कार्यक्रममा बोल्दै चौरपाटि गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले समझदारी जिम्मेवारी र इमानदारी बोधका साथ काम गरे पछि शुसासन कायम हुने भएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । सामाजिक जबाफदेहिता कायम गर्नका लागि चौरपाटी गाउँ पालिकाले विभिन्न बिकास साझेदार संघ संस्था संग साझेदारी गरेर अगाडि बढ्ने अध्यक्ष साउदले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा सुशासन सामाजिक जबाफदेहिता सार्बजनिक परिक्षण सार्बजनिक सुनुवाइ सामाजिक परिक्षण लगाएतका विषयबस्तुलाई समेटिने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद ढुंगानाले बताउनु भयो । स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटि र जाइका ले आयोजना गरेको प्रशिक्षणमा गाउँ पालिकाका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष कार्यपालिका सदस्य र कर्मचारीको सहभागिता रहेको छ ।
तिन सम्म संचालन हुने प्रशिक्षणमा स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिका निर्देशक तपेन्द्र रिजाल र जाइकाका संगिता रानाले सहजीकरण गरि रहनु भएको छ ।