लाल बहादुर चदारा साउन ३ अछाम
मेल्लेख गाउँपालिका वडा नम्वर एक ऋषिदहको आर्थिक बर्ष ७५÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक वडा अध्यक्ष अध्यक्ष तुले धामिको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टिका नेता अर्जुन धामि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी धामिले समाजमा गरिने हरेक क्रियाकलाप जनताकै लागि गरिने भएकोले जनतालाई नै अघि सारेर काम गर्नु पर्ने कुरामा जोडदिनुभएको थियो । सार्वजनिक सुनवाइमा आर्थिक ७५÷७६ मा वडामा भएका बिकास निमार्ण, वडा बाट प्रबाह गरिने सेवा सुबिधाको बारेमा जानकारि सहितको प्रतिबेदन प्रस्तुत वडा सचिव देबि बहादुर बुढाले गर्नु भएको थियो ।
कार्यक्रममा उठेका सवलको बिषयमा कार्यबाहक वडा अध्यक्ष तुले धामिले जवाफ दिनुभएका थियो । शिक्षा क्षेत्रमा उठेका सवाल माथि चण्डीका माद्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक मन बहादुर बुढाले जवाफ दिनुभएको थियो । यसैबिच स्वास्थ्य क्षेत्र तर्फ सेवा प्रबाहको बारेमा स्वास्थ्य चौकि ऋषिदहका रमेश चौधरिले जानकारि गराउनु भएको थियो ।
सार्वजनिक सुनवाइ कार्यक्रममा नेपाली काग्रेसका तिलक धामि, नेपाल कम्युनिष्ट पार्टिका प्रतिनिधि रन सिह रावल, जनकल्याण कृषि सहकारीका प्रबन्धक मानसिह बि क वाक नेपाल पावर परियोजना घटना ब्यबस्थापक बिमला धामि लगायतले सुझाब राखेका थिए । वडा सदस्य जगत धामिले स्वगत मन्तब्य बाट सरु भयको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण पत्रकार लालबहादुर चदारा ले गर्नु भयो ।