श्रावण ०४, २०७६, शनिबार
काठमाडाैं । हुम्लाका एक स्वास्थ्यकर्मीको शव झुण्डिएको अवस्थामा भेटिएको छ । सर्केगार्ड गाउँपालिका–को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्वर आचार्यको डिभिजन वन कार्यालयको भवनमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

विगत २२ वर्षदेखि हुम्लामा सेवा प्रदान गर्दै आएका ५७ वर्षे आचार्यले शुक्रबार बेलुका करिब साढेआठ बजेतिर झुण्डिएर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
रिप स्वास्थ्य चौकीमै बस्ने आचार्य शुक्रबार दिउँसो सदरमुकाम सिमिकोट आएका थिए ।