रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

एक बर्ष भित्र अछाममा सवारी दुर्घटनामा परि १३ जनाको ज्यान गयो

नेपाली युवा पक्राउ गर्न तीन भारतीय सुरक्षाकर्मी अछाममा, भीम रावलले जनाए कडा आपत्ति
117
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

एकेन्द्र महता साउन, ५ अछाम

अछाममा सवारी दुर्घटनामा गत आर्थिक वर्ष २०७५÷०७६ मा १३ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार ८ जनाको ट्रयाक्टर दुर्घटनामा, ३ जनाको ट्रक दुर्घटनामा, १ जनाको जीप कार दुर्घटना, मोटरसाईकल र अन्य गरी दुई जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका निमित्त प्रमुख दीपक बोहराले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा ५ जना पुरुष, २ महिला, ४ बालिका र २ बालक रहेको निमित्त प्रमुख दीपक बोहराले जानकारी दिनुभयो । अधिकांश दुर्घटना तीब्र गतिका कारण भएको बोहराको भनाई रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले गत आर्थिक बर्ष २०७५÷०७६ मा १६ लाख बढी राजश्व संकलन गरेको छ ।

१ हजार ५६ मोटरसाईकल कारर्बाहीबाट ५ लाख ७२ हजार, ८ सय ८७ ओटा जिपकार कारबाहीबाट ४ लाख ८३ हजार रुपैया राजश्व संकलन गरेको छ । यस्तै ४ सय ६४ ट्रक कारर्बाहीबाट २ लाख ६२ हजार ५ सय रुपैया, ३ सय ६ ट्याक्टर कारबाहीबाट १ लाख ७४ हजार ६ सय रुपैया, ३ सय ५ ओटा बस कारर्बाहीबाट १ लाख ६४ हजार ५ सय रुपैया र अन्य १३ ओटा सवारी साधनलाई कारबाही गरे वमफत ८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जनाईएको छ ।

कारबाही परेका मध्ये सिटबेल्ड नभएका ९१ ओटा सवारी साधनलाई कारबाही गरे वाफत ४५ हजार पाँच सय रुपैया, ओभर लोड गरि चलाएका ४४ साधनबाट २९ हजार पाँच सय रुपैया, मादक पदार्थ सेवन गर्ने ३१ सवारी चालकलाई कारबाही गरे वफत ३१ हजार राजश्व संकलन गरेको छ ।

यस्तै छतमा सामान ओसारपसार गर्ने २३ सवारी कारबाहीबाट १४ हजार रुपैया र तीव्र गतिमा चलेका ९ ओटा सवारी कारबाहीबाट ४ हजार ५ सय रुपैया राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमुख बोहराले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतनामुलक कार्याक्रम समेत गर्दै आएको छ । कार्यालयले चालकको स्वास्थ्य परिक्षण दुई पटक, ओभर ट्याक सम्बन्धि कक्षा १ पटक, र नयाँ सवारी चालकलाई जनचेतनामुलक कार्याक्रम गर्दै आएको छ । यस्तै कार्यालयले विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायि, चालक, परिचालकहरु संग दुर्घटना सम्बन्धि कार्यक्रम गर्दै आएको छ । Radio Janapriya Online bata copy

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal