अछाम : “यात्रा समृद्धिको लक्ष्य समाजबाद” को भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को रामारोशन गाउँ पालिकामा प्रथम भेला सम्पन्न भएको छ ।
भेलामा बोल्नु हुँदै नेकपा (समाजबादी) का जिल्ला कमिटी सचिवालय सदस्य तारा प्रसाद खनालले के पि ओलिको निरंकुश प्रवृत्तिका विरुद्ध बिद्रोह भएको बताउनु भयो ।
जिल्ला कमिटी सदस्य प्रभु खनाल झपटबहादुर कुवर दानबहादुर कुवर जनक बिष्ट लगाएतका नेता कर्याकर्ता पार्टीमा बिद्रोह गर्नु परेका बिषयमा बोल्नु भएको थियोे ।
भरतबहादुर बिष्टको अध्यक्षतामा २१ सदस्यीय रामारोशन गाउँ पालिका गठन भएको जिल्ला कमिटी सदस्य प्रभु खनालले बताउनु भयो ।
भेलामा बोल्दै नेकपा (समाजबादी) रामारोशन गाउँ पालिकाका अध्यक्ष भरतबहादुर बिष्टले संगठन शसक्त र चलायमान बनाउन आफू प्रतिबद्ध भएको बताउनु भयो ।