रोशन भट्ट साउन ६,
आईतवार दिउँसो १ बजे धनगढी स्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयमा पुग्दा सयौँको संख्यामा बृद्धबृद्धाहरु लाइनमा थिए। धनगढी उपमहानगरपालिकामा सामाजिक सुरक्षा भत्ता अन्तरगत वितरण भईरहेको आएको बृद्ध भत्ताका लिनकै लागी जेष्ठ नागरिकहरु घण्टौँ सम्म लाइन बस्नुपर्ने बाध्यता सुनाउँदै थिए।
कहिले कृषि विकास बैँकको कुनै शाखा र कहिले कुनै शाखाबाट भत्ता वितरण गर्ने परिपाटीका कारण कुन ठाउँबाट भत्ता वितरण हुन्छ भन्ने विषयमा पनि थाहा नहुने गरेको बृद्ध भत्ता बुझ्न बैंकमा पुगेकी हिरादेवी सार्कीले गुनासो गरिन्।

धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधीले घर घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने चुनावी वाचा दुई वर्ष सम्म पूरा नगर्दा बृद्धहरुले हैरानी खेप्नुपरेको हो। आफूहरुलाई जिताए बृद्ध भत्ताका लागि बैँक तथा वित्तिय संस्थामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने आश्वान दिएका जनप्रतिनिधीको कार्यकाल तीन वर्ष मात्र बाँकी रहेका बेला पनि वाचा पूरा नभएको हो। उनीहरुले नेताहरुले ठगेपछि हैरानी कायमै रहेको गुनासो गरेका छन्।
उनीहरुले ज्येष्ठ नागरिकहरूले पाउनुपर्ने भत्ता वडा सम्म वा जनप्रतिनिधि मार्फत घरसम्मै पुराइदिन आग्रह गर्दै आएका छन्। चुनावी आश्वासन दिने क्रममा अहिले जनप्रतिनिधिले पनि घरमैै भत्ता पुगाउने दावी गरेका थिए। तर अहिले बृद्धबृद्धाहरुले पाईरहको सास्तीका विषयमा जनप्रतिनिधिले वास्ता नगरेको विस्ना कोलीले बताईन। निर्वाचनको समयमा घर–घरमै सेवा पु¥याउने एजेण्डा वोकेर हिडेका जनप्रतिनिधि यती वेला मौन छन्।
ज्येष्ठ नागरिकलाई चर्को गर्मीमा लाइन वस्नुपर्ने समस्याको अन्त्य गर्न र घरमै वा नजिकको वडा कार्यालय मार्फत वृद्ध भत्ता दिलाउने व्यवस्था गर्न उनीहरुले ध्यान समेत नदिएको आफ्नी आमाको भत्ता बुझ्न क्षेत्रिय कार्यालय पुगेका धनगढी शिवनगरका विक्रम बोगटीले बताए।