रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

नेपालमै पहिलोपटक साफेबगरका २ वडा पोषणमैत्री शासन वडा घोषणा

अछामका २ वडा नेपालमै पहिलो पोषणमैत्री वडा घोषणारघोषणा कार्यक्रम दिगो र टिकाउ बनाउन सबै लाग्नुपर्नेमा पुर्व उपप्रधानमन्त्री रावलको जोड ।।

नेपालमै पहिलोपटक साफेबगरका २ वडा पोषणमैत्री शासन वडा घोषणा
473
SHARES
450
VIEWS
Share on FacebookShare on Twitter

होम साउद ६ साउन, साफेबगर

नेपालमै पहिलोपटक अछामको साफेबगर नगरपालिकाका २ वडा पोषणमैत्री वडा घोषणा भएका छन । नगरपालिकाको वडा नम्वर १ बैजनाथ र वडानम्वर ६ भागेश्वरलाई पोषण मैत्री घोषणा गरिएको हो । साफेबगर नगरपालिकामा आयोजित संयुक्त कार्यक्रममा पुर्व उपप्रधानमन्त्री भिमबहादुर रावलले पोषणमैत्री नमुना घर प्रदर्शन गर्दै नेपाकै पहिलो पोषणमैत्री स्थानीय शासन वडा घोषणा गर्नुभयो ।

पोषणमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने सबै ७१ वटा सुचक पूरा भएपछि औपचारिक समारोहका विच दुबै वडालाई पोषणमैत्री घोषणा गरिएको जनाईयको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै पुर्ब उपप्रधानमन्त्री रावलले आजका बालबालिका नै हाम्रो भबिस्य भएकोले उनिहरुलाई पोषणयुक्त बनाउनुपर्ने बताउनुभयो । घोषणालाई दिगो र टिकाउ बनाउन सबै जनप्रतिनिधिले जनताको विश्वासलाई डग्न दिन नहुनेमा जोड समेत दिनुभयो ।

घरको अन्न खायमा शरिरलाई पोषिलो बनाउने भएकोले अमृत समान घरको अन्न खानुपर्ने बताउनुभयो । साथै नेता रावलले मदिराको कारण समस्या सृजना भएकोले पोषणमैत्री हुनका लागि मदिराको सेवन अन्त्य जरुरी रहेको उल्लेख गर्नुभयो । साफेबगर नगरले गरेको प्रशन्सनिय कार्यको सम्मान सहित धन्यवाद समेत ब्याक्त गर्नुभयो ।

नगरप्रमुख कुलबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवर र सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदि बिशिस्ट अतिथि रहनुभयको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य हर्कबहादुर कुवर, मिना साउद,जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवर,

नेकपाका जिल्ला सचिव झपट साउद, दिपायल सिलगढि नगरपालिका डोटिका नगरप्रमुख मञ्जु मलासि, बडिमालिका नगरपालिका बाजुराका प्रमुख पदम बढुवाल, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ लगाएतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम पोषणमैत्री घोषणा भएका वडानम्वर १ का अध्यक्ष अमर शतह र ६ का अध्यक्ष प्रेमराज शर्माले वडागत पोषण अवस्थाबारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगर उपप्रमुख बिरमला बुढथापाले स्वागत मन्तब्य राख्नुभएको घोषणा कार्यक्रमको सञ्चालन सुरत बहादुर खड्काले गर्नुभएको थियो ।।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal