श्रावण २०७६, मंगलवार
कर्णाली नदीमा नुहाउने क्रममा अछाममा एक किशोर बेपत्ता भएका छन्। पञ्चदेवल विनायक नगरपालिका–४ का १३ वर्षीय अमित विष्ट सोमबार बेपत्ता भएको उनका आफन्तले जानकारी दिएका छन्।

मलामी गएका उनी नुहाउन कर्णाली नदिमा गएको बताइएको छ। दिउँसो २ बजेतिर बेपत्ता भएका उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरीक्षक लक्ष्मण बिकले जानकारी दिए।