राजेन्द्र कुवर साउन ७ अछाम
स्थानीय तहका सम्पुर्ण गतिबीधि जनता प्रती उत्तरदायी हुनु पर्ने मंगलसैन नगरपालिका प्रमुख पदम बहादुर बाेहराले एक कार्यक्रममा बताउनु भयो । मंगगलसैननगरपालिकामा साउन ६ गते देखि संचालन भएको तीन दिने सामाजिक जवाफदेहि प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै प्रमुख बोहराले सो कुरा बताउनु भयो ।

मगलसेन नगरपालिका, ग्रामिण विकास प्रशिक्षण केन्द्र डाेटि र जाईका सेरा प्राेजेक्टकाे संयुक्त अायाेजनामा भएको कार्यक्रमकाे स्वागत प्रवक्ता जीवन भण्डारिले गर्दै प्रशिक्षण केन्द्रसग निरन्तर सहकार्य गरेर स्थानिय सरकार सन्चालन गर्ने क्षमता विकास गराउनुहुने मुख्य प्रशिक्षक तथा निर्देशक टापेन्द्र रिजाल प्रति सदा शिष्यत्व ग्रहण गरेकाे विचार राख्दै मंगलसैन नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत गणेश ढुगानालाई पनि धन्यबाद दिनुभयाे ।
जाईका सेराका फिल्ड संयाेजक सगिता रानाले कार्यक्रमकाे उद्देश्यमा प्रकाश पार्दै अाफ्नाे सस्थाले नेपाल भरका प्रशिक्षकहरुकाे क्षमता विकास तथा अाधुनिक शैलिमा प्रशिक्षण सन्चालन गर्ने सीप तथा क्षमताा विकास मा कार्य गरिरहेकाे प्रशिक्षण पश्चात् भएकाे उपलब्धि पनि हेरिने विचार राख्दै सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।
कार्यक्रममा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान का कार्यकारि निर्देशक पित कुमार श्रेष्ठ र प्रशिक्षण महाशाखा प्रमुख निर्देशक जयकृष्ण श्रेष्ठ समेत अनुगमनका लागि असार ७ गते अाउनेभएकाे जानकारी गराईकाेछ ।
निर्देशक टापेन्द्र रिजालकाे विद्दता र प्रशिक्षण दिने शैलिकाे धेरै स्थानिय तहले मन परायकाे बुझिएकाे छ ।
स्थानीय ग्रामीण प्रशिक्षण केन्द्र डोटिले माग र आवस्यकताका आधारमा सुदुरपश्चिम प्रदेश सरकार र स्थानीय तहको क्षमता बिकासका लागि साझेदार संघ संस्था संग तालीम संचालन गर्दै आइ रहेको छ ।