७ श्रावण २०७६, मंगलवार
पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्।

प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका पदाधिकारीहरुले यादवलाई नियन्त्रणमा लिएर घुस खाएको रकम फिर्ता गराएका हुन्। मंगलसेनबाट नियन्त्रणमा लिएर यादवलाई साँफेबगर स्थित कोठाबाट रकम फिर्ता गराईएको हो। यादवले प्रदेश सरकारबाट गएको अछामको तुर्माखाँदस्थित भैरवस्थान–रहफ ग्रामीण सडक उपभोक्ता समितिबाट उक्त रकम घुस लिएको बुझिएको छ।
उपभोक्ता समितिका अध्यक्ष गणेश शाहीले पनि सब(ईन्जिनियर यादवले तीन लाख मागेको स्विकार गरे। ‘सडक निर्माणका क्रममा प्रयोग गरिएको डोजरको मात्रै ३४ लाख विल आएको थियो,’ उनले भने, ‘डोजर सञ्चालकसंग सब–ईन्जिनियर यादवले बढी भुक्तानीका लागि कागजात तयार पारिदिने भन्दै तीन लाख मागे, तर २२ लाख भुक्तानीको मात्रै कागज बनेपछि कुरा बाहिरिएको हो।’
उनले चट्याङ मात्रै भएको क्षेत्रमा काम गर्दा पनि धेरै कम भुक्तानी दिएपछि उपभोक्ता समिती समस्यामा परेको बताए।सब–ईन्जिनियर यादवले भने उपभोक्ताहरुले गलत आरोप लगाएको बताए। उनले कुनै पनि योजनामा घुस नलिएको दावी गरे। ‘२२ लाख बराबरको काम भएको थियो,’ उनले भने, ‘उपभोक्ताले राजनीतिक दवावमा ४० लाख भन्दा बढिको भुक्तानी दिन दवाव दिए, त्यो नमानेपछि गलत आरोप लगाएर फसाउन खोजिएको छ।’
उपभोक्ता समितीले पनि सुरुमा कम काम गरेर बढि भुक्तानी लिन खोजेको र बढि भुक्तानी नदिएपछि उक्त कुरा बाहिरिएको बुझिएको छ। यता पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगवहादुर थापाले भने सो बारेमा आफुले हल्ला मात्रै सुनेको बताए।
उनले सब–ईन्जिनियरलाई अवदेखि यस्ता गतिविधीमा संग्लन नहुन पनि आग्रह गरेको बताए। यादवले ढकारी–बेनीघाट सडक उपभोक्ता समितिबाट पनि पाँच लाख घुस लिएको टेलिफोन अडियो सार्वजनिक भएको छ। dineshkhabar bata copy