साउन ७ अछाम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले भारतीय दूतावासले महिला सांसदलाई बोलाएको प्रति आपत्ती जनाउनुभएको छ । ४५ दिने हाते होजियारी तथा ४५ दिने ड्राईभिङ्ग तालिमको साँफेबगरमा समापन गर्दे नेता रावलले नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी तथा विपक्षी दलका महिला सांसदसँग दूतावासमा हिजो गरेर छलफललाई असंवैधानिक भएको बताउनुभयो ।

नेता रावलले कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कुटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो । तर हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामर्थय दिएको भन्दै उक्त कार्य रोक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेता रावलले तालिममा सिकेका सिपलाई व्यहारामा लाग्दै स्वरोजगार बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले वेरोजारलाई सिपमुलक बनाउनको लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
४५ दिने हाते होजियारी तथा ४५ दिने ड्राईभिङ्ग तालिममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर गोविन्द, प्रदेश सभा सदस्य मिना साउदले वेरोजगारलाई स्वरोजगार बनाउको लागि पहल गर्ने बताउनुभएको थियो । कार्यक्तमा साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मला वुड्थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य प्रकाश शाह लगायतले वोल्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर गोविन्दको प्रदेश सभा सदस्य विकास कोषको १६ लाखको आर्थिक सहयोगमा हाते होजियारी, ड्राईभिङ्ग र सिलाईकटाइ तालिम दिइएको हो । कार्यक्तममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य शिलोज कुँवर, साँफेबगर नगरपालिकाका प्रवक्ता वालगिरी कुँवर, वडा नं.५ का वडा अध्यक्ष उजिर साउद लगायतको सहभागिता रहेको थियो ।
सम विकास नेपालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नगरस्तरिय दलित सञ्जालका अध्यक्ष सुरत भूलले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सम विकास नेपालका सचिव दूधकला विष्टले गर्नुभएको हो ।