राजेन्द्र कुवर साउन ८ अछाम
चौरपाटी गाउँ पालिकामा अभियानका रूपमा निर्माण भैरहेका रिचार्ज पोखरीको अनुगमन कार्यले तिब्रता पाएको छ ।
अभियानको पहिलो दिनमा गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वको टोलिले वडा नम्बर १ सिउडी र वडा नम्बर ४ पायलका विभिन्न ठाउमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा बोल्दै अध्यक्ष साउदले विभिन्न क्षेत्रमा रहेका पानीका मुहान सुक्दै गए पछि गाउँ बस्तिमा खाने पानीको ठुलो समस्य भैरहेको समयमा जमिनलाइ ओसिलो पारी सुक्न लागेका मुहानलाइ राहत पुगाउनका लागि अभियान संचालन गरेको बताउनु भयो ।
रिचार्ज पोखरि अभियान २०७६ लाई सफल पार्न सबै कर्मचारी बुद्धिजीवी राजनीतिक दलका नेता कार्यकर्ता बिकास साझेदार संघ संस्थालाइ अध्यक्ष साउदले आग्रह गर्नु भयो । पानीका मुहान भन्दा माथिल्लो भागमा रिचार्ज पोखरी निर्माण गरे पछि सुक्न लागेको पानीको श्रोतमा वृद्धि हुनका साथै भुक्षय हुनबाट पनि जोगाउन सकिने उपाध्यक्ष माया कुवरले बताउनु भयो ।
गत आर्थिक बर्षमा संख्यात्मक हिसाबले रिचार्ज पोखरी बढी निर्माण भए पनि यस पटक ठुलो आकारमा निर्माण गर्न लागिएको चौरपाटी गाउँ पालिकाक प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले जानकारी गराउनु भयो ।
चौरपाटि गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वमा रहेको अनुगमन टोलिमा उपाध्यक्ष माया कुवर प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगाना रहेका छन ।
टोलिले गाउँ पालिकाको सबै वडामा निर्माण भैरहेका रिचार्ज पोखरिको जानकारी लिनुका साथै अनुगमन गर्ने स्वास्थ संयोजक धनबहादुर थापाले बताउनु भयो । रिचार्ज पोखरी निर्माण अभियान २०७६ मा पाच मिटर लम्बाइ चौडाइ देखि १० मिटर सम्मका निर्माण गरिएका छन।