लाल बहादुर चदारा साउन ८ अछाम
मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाको आर्थिक बर्ष २०७५÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्षा नर बहादुर साउदको अध्यक्षतामा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा प्रमुख अथिति प्रदेश सांसद मिना साउद रहनु भएको थियो ।

सांसद साउदले अबको बिकाश जनताको साझा धारणा लियर बिकास गर्नु पर्ने बताउनु भएको छ । उहाँले बिकासको गति लाई अगाडि बढाउन हरेक नागरिकलाई सचेत रहन पनि अग्रह गर्नुभयो । कार्यक्रममा आर्थिक बर्ष २०७५÷७६ मा वडामा भएका बिकास निमार्ण वडा बाट प्रबाह गरिने सेवा सुबिधाको बारेमा जानकारि सहितको प्रतिबेदन वडा अध्यक्ष नर बहादुर साउदले प्रश्तुत गर्नु भयको थियो ।
कार्यक्रममा उठेका सवलको बिषयमा वडा अध्यक्ष नर बहादुर साउदले उतर दिनुभयको थियो । सार्वजनिक सुनवाइ कार्यक्रममा गैरसरकारी सस्था बाट भय गरेका कामको बारेमा आस्था नेपाल का शिक्षा अधिकृत भवान सिहँ सार्कि जानकारी गराउनु भयको थियो ।
शैक्षिक क्षेत्रका सवालको बिषयमा दुर्गा माबिका निप्रअ हर्क साउदले जानकारी गराउनु भयको थियो न्याय हेल्थ बयालपाटा का लक्ष्मी भारति आफ्नो सस्था मार्फत गरिने कृयाकलापको बारे जनकारि गराउनु भयको थियो ।
कार्यक्रममा नेकपा प्रतिनिधि गगाराम खत्री नेकपा जिल्ला कमेटि सदस्य राम बहादुर बुढा लगायतले प्रतिबद्धता तथा सुझाब राखेका थिय ।
वडा सदस्य टंक बुढाको स्वगत मन्तब्य बाट सरु भयको सार्वजनिक सुनुवाइ कार्यक्रमको संचालन वडा कर्मचारी नुप बुढाले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार लालबहादुर चदारा ले गर्नु भयको थियो