✍️चेतराज खनाल,अछाम
म एक यस्तो प्रेम रोगी हूँ,
“म मेरी आमाको प्रेमले छटपटाएको छु
मेरो देशको प्रेमले विभल भएको छु
र तिम्रो प्रेमले पनि”
किनकि
“अहिले ति आमा म संग छैन
जसका नौ धारा दूध मैले पिंए,
ति ममतामयि आमा
जसको कोखमा म कयौं महिना बसें,
मेरो ज्यान भन्दा प्यारि आमा
जो मलाई असाध्यै माया गर्थिन,
आफु भोकै रहेर मलाई खुवाउथिन,
र
आफु नाङ्गो रहेर मलाई छोप्थिन,
ति आमा
जो आज म संग छैन
र यो जगतमा पनि”

मलाई गर्भ लाग्छ
म त्यो देशमा जन्मे
जहां सुन फल्छ
र
अमृत बहन्छ
म फेरि भन्छु,
“म त्यो न्युयोर्क जान्न
तर
सगरमाथा नगई मर्दिन,
म तिम्रो सिंगापूर आउन्न्
बरू मेरै मुक्तिनाथ जान्छु”
यदि म यी ठाउं छोडि
त्यो लन्डन गए भने
नेपाल आमाले मलाई
सराप दिनेछन
म यहां जन्मनुको अर्थ रहदैन
र
जमिनका ढुंगा सरह रहन्छु
त्यसैले त
मलाई मेरि आमाको प्रेमले सताउछ,
मेरो यो स्वर्ग देशको प्रेमले सताउछ,
संग संगै तिम्रो पनि।
यस्तै कारणले म हूं एउटा
विभल भएको र छटपटाएको
‘प्रेम रोगी!’