लाल बहादुर चदारा अछाम
जब बर्षायम सुरु हन्छ मेल्लेखका गणामिण सडक हरु अबरुद्ध हने गरेका छन । मेल्लेख गाउपालिकाको सहयोग र प्रदेश पूर्बधार बिकास कार्यक्रमबाट ठुलो लगानीमा सडक निर्माण भएपनि मेल्लेखका सबै वडामा सडक अबरुद्ध भयपछि स्थानीय ले सास्ती बेहोर्नु परेको छ ।

यति बेला लगतार पानि परेका कारण मेल्लेख–ठाटि–दर्बा जोडने सडक पनि अबरुद्ध भयको छ । यस्तै शोडषा–ऋषिदह जोडने सडक पनि अबरुद्ध भएको छ । मेल्लेख नन्देगडा, शोडषा–ऋषिदह, हातिकोट–कुस्कोट, कुस्कोट–मेल्लेख जोडने सडक पनि हिलाम्मे बनेका छन ।
कतै नयाँ सडका निर्माण त कतै स्तरोन्नति गरि आठ मिटर सडक खनियको भए पनि नालि नखनियको कारणले पानि सडकमा बगेर खोलामा परिणत भएका छन । साथै सडकमा माथिबाट पहिरो खसेर अबरुद्ध भएपछि आवतजावतमा समस्या भईरहेको स्थानीयले बताएका छन ।
मेल्लेख गाउपालिका अध्यक्ष लोक कहादुर बोहोराले भने मेल्लेखमा गाउँपालिकाको आफ्नै जे सि बि भएकोले सडक अबरुद्ध भएको ठाउँमा जेसिबि पठायर बर्षा यामको बेला पनि सडक अबरुद्ध हुन नदिने बताउनुभएको संवाददाता लालबहादुर चदाराले जानकारी दिनुभयो ।
हेर्नुहोस सडकको अवस्था फोटोमा