पत्रकार महासंघद्धारा प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कारको हिजो घोषणा गरिएको छ । घोषणाबाट सुदूरपश्चिमबाट रेडियो जनप्रिय अछामको नाम छनौटमा परेको छ । छनौटमा पर्दा रेडियो कार्य तथा गतिविधीले गर्दा छनोट भएको सामुदायिक संचार विकास संस्थाका अध्यक्ष प्रकाश शाहले बताउनु भयो ।

छनोट हुदा रेडियोलाई काम गर्न हौसला थपिएको रेडियोका निर्देशक पुष्पराज भट्टले जानकारी दिनु भयो । शिक्षा पत्रकारिता पुरस्कार घोषणामा सम्पूर्ण रेडियोका कर्मचारीको भूमिकाले गर्दै आएको मेहनतको केहि भए पनि फल प्राप्त भएको रेडियो जनप्रियका स्टेशन म्यानेजर तपेन्द्र कुवँरले बताउनु भयो ।
यस्तै ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ देशै भरका नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु।
५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरेको हो । महासचिव रमेश विष्टका अुसार सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १÷१ जनालाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर),
३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट रोहित राई ९सुनसरी० र सुशीला पाठक (मोरङ), प्रदेश नं.२ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत)
र शान्ता कमली (लमजुङ) , प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं। १ बाट तमोर एफएम (ताप्लेजुड), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान),
सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं) लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र लिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार २०७६ साउन १४ गते काठमाडौंमा एक समारोहबीच हस्तान्तरण गरिने महासचिव बिष्टले जानकारी दिए ।