लमजुङमा रही क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएकी पत्रकार शान्ता कमली ‘प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५’ प्रदान गरिने भएको छ । शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै उनी उक्त पुरस्कारका लागि छनोटमा परेकी हुन् ।
यो पुरस्कार शिक्षा मन्त्रालय र नेपाल पत्रकार महासंघले प्रदान गर्ने भएको हो । कमली पत्रकार महासघ लमजुङ शाखाकी कोषाध्यक्ष, सञ्चारिका समूह लमजुङका अध्यक्षे, रेडियो लमजुङको समाचार प्रमुख,लमजुङ डेली डटकमकी रिपोर्टर र नयाँ पत्रिका राष्टिय दैनिककी लमजुङ संवाददाता हुन् ।

छोटो समयमै पत्रकारितामा छलाङ मारेकी उनले समुदायमा सकारात्मक प्रभाव पार्ने गरी कलम चलाउँदै आएकी छिन् । यसअघि पनि उनले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ बाट सम्मानित भइकसकेकी छिन् । सार्क राष्ट्रको नमुना पर्यटकीय गाउँ ‘घलेगाउँ’ ले र अलैंची व्यवसायी महासङ्घले समेत उनलाई सम्मानित गरेको थियो । कमली विगत ८ बर्ष देखि लमजुङमा रहि पत्रकारिता गर्दै आएकी छिन् ।
Lamjungdaily.com bata