धनराज साउँद, अछाम : बान्नीगढी जयगढ गाउँपालिकामा निर्वाचित कार्यपालिका सदस्यको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार भएको कार्यपालिका सदस्यको निर्वाचनबाट निर्वाचित सदस्यहरूलाई गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले शपथ ग्रहण गराउनु भएको हो ।

दलित तथा अल्पसङ्ख्यक कार्यपालिका सदस्यमा नेकपा माओवादी केन्द्रका तर्क टमट्टा,नेकपा एकीकृत समाजवादीका मोहनलाल ताम्राकार निर्वाचित भएका छन् ।
यस्तै नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा तुलसी थापा,पदमा साउँद,ललिता देवी स्वार,पशुपति सुनार निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्यहरूको शपथ ग्रहण पश्चात गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले निर्वाचनमा विजयी भइसके पश्चात दलको नेता तथा कार्यकर्ता नभई जनताको साझा सेवकका रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
स्थानीय निकायको निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न अहोरात्र खट्ने कर्मचारी सुरक्षाकर्मी सवैमा अध्यक्ष साउँदले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
जनताको सेवामा दल र आस्था नहेरी कटिबद्ध भएर लागी पर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,निर्वाचन अधिकृत हरिष पन्त,निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मी लगायतको सहभागिता रहेको थियो ।
बान्नीगढी टुडे अनलाइन बाट साभार