अछाम : ट्रयाक्टर दुर्घटनामा घाईते भएका ३ जनालाई थप उपचारका लागी नेपालगन्ज रेफर गरिएको छ ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ टोटकेसालमा ट्रयाक्टर दुर्घटनामा घाइते पञ्चदेवल विनायक नगरपालिका–१ कुईकाका तीन जना घाइते लाई थप उपचारका लागि जिल्ला अस्पताल अछाम बाट नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा रेफर गरिएको हो ।

बुधवार मलामी बोकेको ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्युभएको थियो ।
भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटनामा कुईकाका अमरनाथ धमालाको घटनास्थलमै र तारा धमालाको जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।