रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

रामारोशनमा मर्यादित महिनावारी व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम

रामारोशनमा मर्यादित महिनावारी व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम
50
SHARES
148
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा, अछाम : अछामका विभिन्न पालिकामा मर्यादित महिनावारी व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिकाबाट शुरु गरिएको मर्यादित महिनावारी व्यवस्थापनका लागि सचेतनामूलक सांस्कृतिक महोत्सव अछामको रामारोशन गाउँपालिकामा पनि गरिएको छ ।

रामारोशन गाउँपालिका, ग्रामिण जलस्रोत व्यावस्थापन परियोजनाको आयोजनामा सचेतनामुलक साँस्कृतिक महोत्सव कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिका निमत्त प्रमुख प्रशासकिय अधिकृत प्रभुनाथ देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साँउद रहनुभएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष साउँदले मर्यादित महिनावारी व्यावस्थापनका लागी सबैले पहल गर्नुपर्ने बताउनुभएको छ । महिनावारी भएको समयमा घर भन्दा बाहरि असुरक्षित तवरले बस्नुपर्ने बाध्यतालाई हटाउनका लागी हरेक सचत नागरिकले पहल चाल्न आवश्यक रहेको बताउनुभएको छ ।

जिल्लाका बिभिन्न स्थानमा महिनावारी भएको समयमा छाउगोठ्मा बस्दा कैयौँले अकालमै ज्यान गुमाएका घटनाहरु सुनिएको अवगत गराउदै यस्ता खालका घटनाहरु हुन नदिनका लागी घर बाटै हरेक महिलाहरु र उनिहरुका परिवारले पनि जागरुप हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

शुदुरपश्चिम प्रदेशमा प्रचलित रहेको छाउप्रथालाई निर्मुल पार्नका लागी हरेक निकायले सकारात्मक जनचेतनामुलक अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

अछाम जिल्ला छाउपडि गोठमुक्त जिल्ला घोषणा भईसकेको भन्दै यसलाई निरन्तर्ता दिनका लागी हरेकले लाग्नुपर्ने बताउनुभयो । अब सबैले आफु, घर, गाउँ समाज बाटनै छाउप्रथाको अन्त्य गर्न सबैलाई आग्रह गर्नुभयो । मर्यादित महिनावारी व्यावस्थापनका लागी आफु र रामारोशन गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आगमि आर्थिक बर्षको बजेटमा मर्यादित महिनावारी व्यावस्थापनका लागी बजेट व्यावस्थापन गर्ने भनाई राख्नुभएको छ । यसैबिच कार्यक्रममा नेकपा माओवादि केन्द्रका शुदुरपश्चिम प्रदेश सदस्य तथा रामारोशन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सरस्वती रावल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य चक्र बहादुर रावल, र शुदुरपश्चिम प्रदेशका मर्यादित महिनावारी व्यावस्थापन सद्धभावना राजदुत तथा गायिका रेखा जोशी रहनुभएको थियो ।

विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा बिशेषगरि महिनावारी हुदा स्वास्थ्यमा आउने समस्यालाई मध्ये नजर गर्दै ध्यान दिनुपर्ने बिषय र मर्यादित महिनावारि समन्धी चनचेतनामुलक सन्देशहरु कार्यक्रम मार्फत सहभागीहरु लाई कलाकारहरुले जनचेतना जगाएका थिए ।

ग्रामिण जलस्रोत व्यावस्थापन परियोजनाका जलस्रोत अधिकृत लक्ष्मीराज पाध्यायको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन रामारोशन गाउँपालिकाका एमआईएस अपरेटर दल बहादुर साउँद र देवेन्द्र प्रसाद भाटले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal