लाल बहादुर चदारा अछाम
अछाममा रुख बाट खसेर १ जना महिलाको ज्यान गएको छ जिल्लाको मेल्लेख गाउँपालिका वडा न १ ऋषिदहको काटि गाउँकी एक महिलाको रुख बाट खसेर ज्यान गएको हो ।

स्थानिय ४७ बर्षिया धना धामीको षोडशा स्थीत बानथला जंगलमा रुखको घास काटने क्रममा चिप्लेर गम्भरी घाईते धामीको उपचारको लागी कोहोलपुर लिन नपाउँदै बाटोमै ज्यान गएको उनका आफन्त तुल बहादुर धामिले बताउनु भयो ।
ऋषिदहमा केहि बर्ष यता रुख र भिर बाट लढेर १० जना भन्दा बढिको ज्यान गईसकेको त्यहाका स्थानीयहरुले बताएका छन ।