शंकर थापा, अछाम : अछामका विभिन्न पालिकामा मर्यादित महिनावारी व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिकाबाट शुरु गरिएको मर्यादित महिनावारी व्यवस्थापनका लागि सचेतनामूलक सांस्कृतिक महोत्सव अछामको रामारोशन गाउँपालिकामा पनि गरिएको छ ।










