साउन ११ अछाम
युवा प्रतिभा पहिचान र उद्यमिको खोजि तथा उनिहरुको कार्यलाई प्रोत्साहन सम्वन्धि युवाहरुसङ्गको अन्तरक्रिया कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । मङ्गलसेन नगर शिक्षा युव तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजालको समन्वयमा कार्यक्रम गरिएको हो ।

शिक्षा शाखा प्रमुख बृकेश बोगटिको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिका–४ का अध्यक्ष तथा नगरको सामाजिक समितिका सङ्योजक पदम बहादुर धामी प्रमुख अतिथी रहनुभयको थियो । वडा अध्यक्ष धामिले युवालाई ब्यावसायिक र उद्यमशिल बनाउनका लागि नगरले सहयोग गर्ने बताउनुभयो ।
युवाहरु ब्यावसायिक कार्य र उद्यमशिल योजना सहित आयमा नगरमार्फत अनुदान र सहयोगका कार्यक्रम दिन सकिनेमा जोड दिनुभयो । ब्यावसायिक तथा उद्यमी युवाहरुका लागि नगरपालिकाले प्रोत्साहन गर्ने धामीको भनाई छ । त्यस्ता खालका योजना सहित युवाहरु आएको खण्डमा नगरपालिका मार्फत सहयोग गर्न तत्पर रहेको उहाँले बताँउनुभयो ।
आवाज
कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवं अन्र्तक्रिया कार्यक्रमका अध्यक्ष बृकेश सिंह बोगटीले यु्वाहरुले काम गरेमा सहयोगी हातहरु थुप्रै हुने बताँउनुभयो । युवाहरुले हिम्मत नहारी बिभिन्न प्रकारका उद्यमशिलताका क्रियाकलाप संलग्न हुनुपर्ने भन्दै त्यस्ता युवाहरुका लागि श्रोतको खोजी गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
आवाज
कार्यक्रममा मङ्गलसेन नगरभित्रका ब्यावसायिक र उद्यमि युवाहरुबिच अनुभव आदानप्रदान सहित ब्यावसायिक योजनाका विषयमा अन्तरक्रिया गरिएको थियो । अन्र्तक्रियामा पत्रकार महासङ्घका कोषाध्यक्ष टेकबहादुर थापा, पत्रकार टेकराज भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो भने
सहभागी युवाहरुले उद्यमशिलता र ब्यावसायिकताका विषयमा आ आफ्नो अनुभव सहित आवस्यकता र चुनौतीका सन्र्दभमा अनुभव आदानप्रदान गरेका थिए । १३ जना युवा उद्यमीहरुको सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रमको सहजिकरण जिल्ला युवा सञ्जाल अछामका अध्यक्ष होम बहादुर साउदले गर्नुभएको थियो ।