बिक्रम परियार, अछाम : शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम बहिरंग उपचार केन्द्रको प्रगति समिक्षा गोष्ठी अछाममा सम्पन्न भएको छ ।
सेवक नेपाल सु-आहारा दोस्रो कार्यक्रम र स्वास्थ्य कार्यालय अछामको संयुक्त आयोजनामा प्रगति समिक्षा गोष्ठी मंगलसैन र साँफेबगरमा सम्पन्न भएको हो ।

समिक्षा गोष्ठी मंगलसैनमा ज्येष्ठ २२ र २३ गते र ज्येष्ठ २४ र २५ गते होटेल डल्फिन साँफेबगरमा सम्पन्न भएको बताइएको छ ।
समिक्षा गोष्ठीको प्रशिक्षण तथा सहजीकरण स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्री झनकराज ढुङ्गाना, जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गाना, सु आहारा दोस्रो कार्यक्रम स्वास्थ्य तथा पोषण अधिकृत राजेन्द्र भट्ट, कार्यक्रम संयोजक सेत बहादुर भुलले गरेका थिए ।
बहिरंग उपचार केन्द्रका स्वास्थ्यकर्मीहरू, पालिका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरू, स्वास्थ्य कार्यालयका कर्मचारीहरू र सु आहारा कार्यक्रमका कर्मचारी गरि ६० जनाको सहभागिता रहेको समिक्षा गोष्ठीमा शिघ्र कुपोषित बालबालिका र मध्य शिघ्र कुपोषित बाल बालिकाको उपचार, व्यवस्थापन र अभिलेखीकरणका बिषयमा छलफल तथा समिक्षा गरिएको कार्यक्रम संयोजक सेत बहादुर भुलले जानकारी दिएका छन् ।
समुदाय स्तरबाट प्रदान गरिने हरेक स्वास्थ्य तथा पोषणका सेवाहरूलाई गुणस्तरीय र दिगो बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले यसका लागी स्वास्थ्य कार्यालय सधैँ तयार रहेको बताएका थिए ।