रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

स्थानिय निर्वाचनमा असहयोग गर्नेलाई कांग्रेस अछामले कारबाही गर्ने

स्थानिय निर्वाचनमा असहयोग गर्नेलाई कांग्रेस अछामले कारबाही गर्ने
152
SHARES
446
VIEWS
Share on FacebookShare on Twitter

अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बीपी स्मृती भवन मैगलसेनमा बसेको जिल्ला कार्य समितीको १४ औँ पूर्ण बैठकले स्थानिय निर्वाचन २०७९ मा पार्टीका उम्मेद्धारलाई पराजित गर्न भुमिका खेल्ले पार्टी भित्रैका नेता कार्यकर्ता जोसुकैलाई भएपनि कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले पार्टीका आदिकारिक उम्मेद्धारलाई हराउन विभिन्न खालको असहयोग भएको भन्दै गुनासो आएकाले सोको प्रमाण सहित वडा तह मार्फत, पालिका, प्रदेश हुदैँ क्षेत्रबाट असार १५ गते भित्र जिल्ला कार्य समितीमा पठाउन सर्कलर गर्दै सोही आधारमा कारबाही अगाडी बढाउने निर्णय गरेको छ ।

यस्तै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ४ कालिकास्थानमा कक्षा १० मा अध्ययरत छात्र बिनोद शाहीको मृत शब भेटिएको दुखद घट्ना प्रति पार्टीले बैठक मार्फत दुख व्यक्त गरेकोा छ भने पार्टीका सुदुरपश्चिम प्रदेश सहमहामन्त्री एवंम पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख सहित १३ जना बिरुद्ध राजनितिक प्रतिशोधका आधारमा तल्लो र घृणित स्तरको कार्य भएको ठहर गर्दै आरोप र किटानीको सम्बन्धमा यर्थात जानकारी पार्टीको प्रदेश, केन्द्रिय कार्य समिती, गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयललाई जानकारी गराउने निर्णय गरेको छ ।

जिल्ला भित्र उक्त कार्यको राजनैतिक रुपमा प्रतिपाद गर्ने निर्णय समेत गरिएको जिल्ला सचिव टक्कर शाहले जानकारी दिए । बैठकले बिनायक घट्ना पश्चात नगरपालिका र वडा सञ्चालन गर्न नसकि आम नगरबासीमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै दुखको घडिमा संयमित हुन आग्रह गर्नुका साथै चाँडो भन्दा चाँडो पालिका र वडा संचालनमा ल्याउन सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले बिनायकको घट्ना पश्चात पार्टीका नेताकार्यकर्ता एवंम जनप्रतिनिधीका बिरुद्ध सामाजिक सञ्जाल एवंम केही मिडियाहरुमा आएका असान्र्दभिक, असत्य, आपत्तीजनक र झुटा कुराको प्रमाण संकलन गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अघी बढाउने निर्णय समेत गरेको छ ।

जिल्ला कार्य समितीका पदाधिकारी सहित १ सय २९ जनाको सहभागिता रहेको बैठकले पार्टीका निर्वाचित जिल्ला उपसभापती चन्द्र प्रसाद ढुंगानाले यहि जेठ १० गते स्वईच्छाले पदबाट दिनुभएको राजीनामा स्वीृकत भएको जानकारी गराउदैँ सोको जानकारी केन्द्रिय कार्य समितीलाई समेत गराउने निर्णय भएको सचिव शाहले बताए । sudoor aaja

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal