साउन १३
दैलेखको आठविस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले कार्यालयको चाबी लिएर आफ्नो घरमा गएकाछन् । नगरपालिकाका प्रमुखप्रशाशकिय अधिकृत कुलराज सुवेधीले श्रावण ४ गते आफू घर जाने बेलामा कार्यालयको चाबी लिएर हिडेको खुलासा भएको छ ।

नगर कार्यपालिकामा पटक पटक विवाद चुलिदै आएको आठवसि नगरपालिकामा अषाढ ३१ गते अल्पमतमा रहेको नेपाली काँग्रेसका जनप्रतिनिधीलाई थाहै नदिएर नगरसभा गरेको बताईको छ । अषाढ ३१ गते को नगर सभाको माईनटको फोटोकपी माग्न खोज्दा कार्यलयका समपूर्ण कर्मचारीहरुले हाकिम साहेबले चाबि लगेर जानुभएको छ
बताएको नेपाली काँग्रेसबाट निर्वाचित वडा नं. ८ का वडा अध्यक्ष मुक्ति प्रसाद उपाध्यायले जानकारी दिनुभयो । यसरी कार्यालयका कर्मचारीहरु आफ्नो घरमा जानेबेला पनी कार्यालयको चाबी नै लिएर गएपछि के त्यहाँका जनता प्रत्यक्ष सेवा पाउँन सक्छन् त ।
के त्यो चाबि कार्यालयको हो या त कर्मचारीका घरको भनेर त्यहाँका जनता समेत अन्यौलमा परेकाछन् । हामीले प्रमुख प्रशासकिय अधिकृतलाई पटक पटक फोन गर्न खोज्दा पनि उहाँले फोन उठाउनु भएको छैन ।
श्रावण ३ गते नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले आ आफ्नो वडाको लेटर प्याड र छाप समेत बुझाएको र हाल सम्म पनि कुनै सुनुवाई नभएको र उदि समयमै माग सम्बोधन नभएमा कडा सँघर्स गर्ने समेत वडा नम्बर ८ का अध्यक्ष उपाध्यायले बताउनुभएको छ ।