नरेश कुमार शाही, अछाम : पछिल्लो समय अछाम लगाएत देशै भरका स्थानियतहहरुमा बेरुजु रकम बढ्दो क्रममा रहेको छ ।
अछाम जिल्लाको तुर्माखाद गाउँपालिकामा मात्रै ७ करोड भन्दा बढी रकम बेरुजु देखीएको छ । गाँउपािलकाको आर्थिक बर्ष २०७३÷७४ देखी २०७७÷७८ सम्म बिभिन्न शिर्षकमा ७ करोड २५ लाख ९६ हजार बेरुजु देखीएको हो ।

प्रत्यक बर्ष पालिकामा बेरुजु रकम बढ्दै जान थालेपछि पालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सार्वजनिक गरेको हो । नव निर्वाचित अध्यक्ष डम्बर बिसीले नया जनप्रतिनिधिको रुपमा जिम्मेवार सम्माले संगै एक कार्यक्रमको आयोजना गरी पालिकामा हाल सम्म भए गरेका गतिविधि र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा समेत जानकारी गराउन आयोजना गरीएको पत्रकार सम्मेलनमा सहभागीहरुले पालिकामा यति धेरै बजेट बेरोजु देखीएपछि अचम्ममा परेका छन ।
पालिकाको तथ्याकंमा आर्थिक बर्ष २०७३÷०७४ मा असुल गर्नुपर्ने बेरोजु शुन्य देखीएको छ भने नियमित तिर्नुपर्ने बेरोजुपनी शुन्य देखिएको छ भने प्रमाण कागजात पेश गर्नुपर्ने बेरुजु १० लाख ६८ हजार २ सय १७ रहेको छ । यस्तै आर्थिक बर्ष २०७४÷०७५ मा असुल गर्नुपर्ने बेरुजु पनि ह्वात्तै बढेको छ ।
२०७४÷०७५ को असुल गर्नुपर्ने बेरुजु १३ लाख ४३ हजार २ सय ३०, नियमित गर्नुपर्ने बेरुजु २५ लाख २६ हजार,प्रमाण कागजात पेस गर्नुपर्ने बेरुजु ३१ लाख १ हजार,गरि १ करोड २० लाख ५० हजार २ सय ३० रहेको छ । यसैगरी आर्थिक बर्ष २०७५÷०७६ मा असुल गर्नुपर्ने बेरुजु १२ लाख २५ हजार,नियमित गर्नुपर्ने बेरुजु ७७ लाख ९३ हजार ५ सय ५३, प्रमाण कागजात पेश गर्नुपर्ने बेरुजु ३१ लाख १ हजार पेश्कि बेरुजु ५ लाख २० हजार गरि जम्मा १ करोड २६ लाख ३९ हजार ५ सय ५३ रहेको देखीन आएको छ ।
यसैगरि आर्थिक बर्ष २०७६÷०७७ मा असुल गर्नुपर्ने बेरुजु ६ लाख ३४ हजार, नियमित गर्नुपर्ने बेरुजु ४८ लाख १ हजार प्रमाण कागजात पेशगर्नुपर्ने बेरुजु ६१ लाख ५१ हजार, पेश्की बेरुजु ७३ हजार गरि उक्त आर्थिक बर्षको बेरुजु १ करोड १६ लाख ५९ हजार र आर्थिक बर्ष २०७७÷०७८ मा असुलगर्नुपर्ने बेरुजु ९२ लाख १३ हजार ८ सय ९० रहेको छ भने नियमित गर्नुपर्ने बेरुजु १९ लाख २१ हजार ९ सय ३४, प्रमाण कागजात पेशगर्नुपर्ने बेरुजु १९ लाख ६३ हजार १ सय ७६, पेश्कि बेरुजु ४९ लाख ८० हजार गरि आर्थिक बर्ष २०७७÷७८ मा ३ करोड ५१ लाख ७९ हजार रहेको बेरुजु रहेको गाँउपालिकाले जनाएको छ ।
तुर्माखाद गाउँपालिकाको हाल सम्मको जम्मा असुल गर्नुपर्ने बेरुजु १ करोड २४ लाख १६ हजार १ सय २०, नियमित असुल गर्नुपर्ने बेरुजु १ करोड ७० लाख ४२ हजार ४ सय ८७ रहेको छ भने प्रमाण कागजात पेशगर्नुपर्ने बेरुजु ३ करोड ७५ लाख ६४ हजार ३ सय ९३ र हाल सम्मको पेश्कि बेरुजु ५५ लाख ७३ हजार गरि जम्मा ७ करोड २५ लाख ९६ हजार रकम बेरुजु रहेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।
पालिकामा जनप्रतिनिधि आईसकेपछी बेरुजु रकम ह्वात्तै बढेको देखिएको छ । आर्थिक बर्ष २०७३÷७४ मा असुल गर्नुपर्ने बेरुजु, नियमित गर्नुपर्ने बेरुजु, पेश्कि बेरुजु शुन्य देखीएपनी आर्थिक बर्ष २०७४÷७५ मा यो बजेट बढेको पाईएको छ । यसरी यतिधेरै रकम पालिकामा बेरुजु देखीनुमा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको चरम लापबाही देखीएको पालिकाका स्थानीय सरोकारवालाले बताएका छन । कतिपय कामहरु नियम विपरित गरेको कारणलेपनि अधिकांश रकम बेरुजु भएको पाईएको छ ।
गाडी भाडामा ४१ लाख खर्च अछामका १० स्थानिय तहहरु मध्य गाडी खरीद नगरेको तुर्माखाँद गाँउपालिकाले आर्थिक बर्ष २०७४÷७५ देखी आर्थिक बर्ष २०७७÷०७८ सम्म सवारी साधन तथा मेसिनरी औजार भाडामा मात्रै कुल ४१ लाख ६३ हजार ७ सय ७९ रुपैया खर्च गरेको पाईएको छ । पालिकाले सवारी साधन तथा मेसिनरी औजार भाडाको लागी आर्थिक बर्ष २०७४÷७५ मा ८ लाख रकम बिनियोजन गरेकोमा ८ लाख नै खर्च गरेको देखीएको छ भने २०७५÷०७६ मा ८ लाख ५० हजार बिनियोजन गरेकोमा सबै रकम खर्च भएको छ ।
यस्तै आर्थिक बर्ष २०७६÷०७७ मा ६ लाख बिनियोजन भएकोमा ५ लाख ८४ हजार ३ सय ५० रुपैया खर्च गरेको छ । यसैगरी २०७७÷०७८ मा १२ लाख ५० हजार बिनियोजन भएकोमा ११ लाख ३९ हजार ७ सय ३० रुपैया खर्च भएको पाईएको छ भने आर्थिका बर्ष २०७८÷०७९ मा ८ लाख बिनियोजन भएकोमा ७ लाख ८९ हजार ६ सय ९९ रुपैया खर्च भएको देखीएको छ यो रकमपनि औषत भन्दा धेरै खर्च भएको देखिन्छ । पालिकाले हाल सम्म गाडी किनेको छैन ।
यो पालिकाबाट मात्रै बिनियोजन रकम भएकाले अन्य शाखाबाट खर्च भएको रकम जोड्दा सवारी साधन तथा मेशिनरी औजार भाडाको रकम बढ्ने पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बुढाले बताउनुभयो । राज्यको स्वरुप परीवर्तन भए संगै कार्यान्वयनमा आएका स्थानिय तह गाँउ तथा नगरपालिकाहरुको बेरुजुको दर भने बढ्दो रहेको देदिन्छ ।