अछाम : अछामको रामारोशन गाउँपालिकामा महिनावारी ब्याबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष मान बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा महिनावारीको समयमा स्वास्थ्यमा आउने समस्या तथा समाधानका लागि किशोरी तथा महिलाले अपनाउन सक्ने उपायका बारेमा छलफल गरिएको थियो ।

सहभागीले बिशेष गरि विद्यालयमा तहमा किशोरीलाई बढी समस्या हुने भएकाले त्यस तर्फ जोड दिन आग्रह गरेका थिए ।
अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष सृजना बुढा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, सबै शाखाका प्रमुख, पालिका स्तरका माध्यामिक विद्यालयका छात्रा, महिला संजालका अध्यक्षको सहभागिता रहेको थियो ।
गाउँपालिकाका एमआईएस शाखा प्रमुख दल बहादुर साउदको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ज्योति बुढाले गर्नु भएको थियो ।
