रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

मेल्लेख अछाम : बाल अधिकारबारे व्यापक छलफल

मेल्लेख अछाम : बाल अधिकारबारे व्यापक छलफल
18
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

लाल बहादुर चदारा : बाल अधिकार बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि ३ दिने क्षमता विकास तालिम मेल्लेखमा सम्पन्न भएकाे छ । आस्था नेपाल वर्ल्ड भिजनकाे साझेदारीमा संचालित बाल स्पाेन्सरसीप परियाेजना अन्तर्गत मेल्लेख गाउपालिका बालअधिकार समिति र मेल्लेख गाउपालिकाकाे समन्वयमा तालिम संचालन गरिएकाे थियाे ।

तालिममा बाल अधिकार, बाल संरक्षण, घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि छलफल गरिएकाे थियो । यस्तै तालिममा सहभागीहरुले बालबालिकाकाे लागि अगामि दिनमा गर्नुपर्ने क्रियाकलाप बारे अर्धवार्षिक कार्ययोजना समेत तयार गरेकाे छ । यस्तै आगामि दिनमा बाल अधिकार समितिकाे काम कर्तव्य र जिम्मेवारी बारे पनि व्यापक छलफल गरिएकाे छ ।

मेल्लेखका बालबालिकाकाे सम्बृदिका लागि बालबालिकाका सवालहरुलाई पहिचान गरि समधान गर्न सराेकारबाल पूर्णरुपमा वफादार हुनुपर्ने तालिममा सहभागी हरुकाे जाेड थियाे ।

मेल्लेख गाउपालिका बालअधिकार समिति संयाेजक एवं मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षताममा भएकाे तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउद रहनु भएका थियो ।

अध्यक्ष साउदले बालबालिकाका सवालहरु समधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बालबालिकाकाे लागि आवश्यक शिक्षा, स्वास्थ्य, पाेषण र अन्य व्यवस्थापन गर्न गाउपालिकाबाट हुने सहयोगका लागि कुनै कमि नहुने उहाँले बताउनुभयो ।

संस्थाबाट पनि बालबालिकाकाे क्षेत्रमा थुप्रै लगानी भएकाे भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । तालिममा स्थानीय जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, घटना व्यवस्थापक, अस्था नेपालका जिल्ला प्रमुख रुपक चन्द, कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला, सामाजिक परिचालक तित बहादुर बिक, तपेन्द्र बि क, लगायतकाे सहभागिता रहेकाे थियाे ।

तीन दिनसम्म संचालन भएको तालिमकाे सहजिकरण सुशीलराज गिरि र श्यामराज घिमिरेले गर्नुभएकाे थियाे भने तालिम समापन समारोहकाे संचालन आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिह सार्किले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal