साउन १४,अछाम
साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले संघ संस्थाहरुको समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका रहेको धारणा ब्यक्त गर्नु भयो । साँफेबगरमा सम विकास नेपालको सातौ साधरण सभामा वोल्दै नगर प्रमुख कुवँरले सम विकास नेपालले समाजमा रहेका छाउपडी कुप्रर्था, वाल विवाह न्यूनिकरण, टुहुरा वालवालिकाको क्षेत्रमा काम गर्दै आएमा धन्यवाद दिैदै आगामी दिनमा अझै शसक्त भएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै उहाँले समविकास नेपालले लैंगिक समान्तका लागि आवाज उठाउदै आएको भन्दै नगरपालिकाबाट पनि सहयोग गरिरहने धारणा ब्यक्त गर्नु भयो । साँफेबगर नगर उपप्रमुख विर्मला बुडथापाले समविकास नेपालले एकल महिला, पिछडीएका र समाजमा रहेको कुरुतीका क्षेत्रमा काम गर्दै आएको भन्दै आगामी दिनमा पनि आवश्यकता अनुसार काम गर्नु पर्नेमा जोड दिनु भयो ।
आजको आवश्यकता, निर्णायक तहमा महिलाको सहभागिता भन्ने नाराका साथ सम विकास नेपालको सातौ साधारण सभा सम्पन्न भएको छ । सम विकास नेपालका अध्यक्ष पवन गिरीको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथी साँफेबगर नगर प्रमुख कुल बहादुर कुवँर रहनु भएको थियो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नगर उप प्रमुख विर्मला बुडथापा, नेकपाका जिल्ला कमिटी सदस्य शिव बहादुर कुवँर शिलोज, चौरपाटी गाउँपालिका वडा नं ५ लुंग्रा का वडा अध्यक्ष टेक बहादुर खडका, साँफेबगर नगरकार्यपालिका सदस्य
जयन्ती वोगटी,एस नेपालका प्रतिनिधि गोरख महता, नगर स्तरीय अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष अप्सरा कुँवर,नगर स्तरी दलित सञ्जालका किथ्थि टमट्टा, नगर स्तरीय एकल महिला सञ्जालका अध्यक्ष भगवती खडका लगायतले मन्तब्य राख्नु भएको थियो ।
मन्तब्य राख्ने बक्ता हरुले सम विकास नेपालले गरेका क्रियाकलापले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको धारणा ब्यक्त गर्नु भयो । विशेष गरि महिलाको हकहित, छाउपडि कुप्रर्था, बाल विवाह लगायतका कुप्रर्थाको अन्त्यमा काम गर्दै आएकोमा थप अन्यक्षेत्रमा पनि काम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा आर्थिक बर्ष २०७५/०७६ मा महिला उत्थान जिविको पार्जन कार्यक्रम अन्तरगत कुखुरा वितरण, खोर व्यवस्थापन, कुखुरा पालन सम्बन्धी तालिमको आयोजना गरेको थियो । सोहि बर्षमा हाते होजियारी तालिम, किश्वोरी सशक्तीकरण परियोजना अन्तरगत चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकामा तालिमको आयोजना गरिएको थियो ।
संस्थाले रातो वाल्टिन कार्यक्रम अन्तरगत विद्यालय स्तरमा किशोरीका लागि तालिमको आयोजना, छाउपडि कुप्रर्था सम्बन्धी जनजागरण अभियानका लागि छाउपडि कुप्रर्थाका लागि अनुरोध प्रर्चा वितरण लगायतका गतिविधी गरेको थियो ।
कार्यक्रममा ५४ लाख ९५ हजार ५ सय ८० रूपैया बराबरको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष रुपा आउजीले प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष सत्य स्वारले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दुधकला विष्टले गर्नु भएको थियो ।
साधरण सभाको बन्द सत्रले पशुपती कुँवर अध्यक्ष रहने गरी ९ सदस्यीय समिती चयन भएको छ । जसको उपाध्यक्ष पवन गिरी, सचिवमा दुधकला विष्ट, कोषध्यक्षमा रुपा आउजी, सदस्यमा सत्य स्वार, कृष्णा खडका, एशुदा कुमाल, महेश्वरी विक, समुद्रा लुहार रहनु भएको छ ।