अछाम । गत जेष्ठ १७ गतेराति घरबाट बेपत्ता भई २१ गते मृत अवस्थामा भेटिएका अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा न ः ४ कालिकास्थानका १६ बर्षिया किशोर विनोद शाहिको न्यायका लागी भन्दै पछिल्लो समय जिल्लाका राजनितिक दलहरुले पनि दबाबका कार्यक्रमहरु सुरुगर्न थालेका छन ।
केहि समय अघि जिल्ला प्रशासन घेराउ,सिटि र्याली देखि अनसनका कार्यक्रमहरु गरेका उनिहरुले फेरी दबाबमुलक कार्यक्रमहरु गर्ने जनाएका हुन ।
स्थानिय तहको निर्वाचन २०७९ पछि सुरु भएको विवाद मत्थर बन्दै गएपछि यो घटना घटेको बताईएको छ । विनोदको न्यायका लागी भन्दै बिभिन्न पक्षहरु संग आग्रह गर्दागर्दै अझैपनि किटानी दिएकाहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै प्ररी प्रशाशसनको आलोचना समेत नागरिकहरुले गरेका छन ।

हत्यामा संलग्न भन्दै किटानी दिएकाहरुलाई पक्राउको माग गर्दै अछामका ५ राजनितिक दलहरुले अाइतबार र साेमबार गरि २ दिन अछाम जिल्लामा पुर्ण रुपमा बन्दको आह्वान गरेका छन। किटानी दिइएका हरु सत्ता र शक्तिको आडमा सुरक्षित बसेको भन्दै उनिहरुलाई तत्काल पक्राउ गरि अनुसन्धान अघि बढाउन पनि राजनितिक दलहरुले माग गरेका छन ।
अछामस्थित नेकपा (एमाले), नेकपा माओवादी केन्द्र,एकिकृत समाजवादी,राप्रपा र विप्लव नेतृत्वको नेकपाले संयुक्त शनिबार प्रेस विज्ञप्ति जारी गरेर असार १९ र २० गते सम्पपूर्ण सवारी साधन बन्द गर्ने जनाएका हुन ।
किटानी जाहेरी गरिएका व्यक्तिलाई हिरासतमा लिई अनुसन्धान नहुनुले हत्याराले सत्ता र शक्तिको सत्ताको आडमा उन्मुक्ति नपाउन भन्नका लागि सवारी साधन बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । दोषि उम्किन नदिनका लागी प्ररी प्रशासन अहिले नै सचेत बन्नुपर्ने बिज्ञप्तिमा जनाइएको छ ।
बालकको हत्यामा संलग्न भएको आरोपमा पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने,जिसस उपप्रमुख दानमती (बम) शाही,पूर्ववडा अध्यक्ष सज्जनबहादुर शाहीलगायत १३ जना विरुद्धमा किटानी जाहेरी परेको छ । झण्डै एक महिनासम्म कर्तव्य ज्यान मुद्धाका व्यक्तिलाई सत्ताको आडमा पक्राउ नगरी संरक्षण गरिरहेको पीडित पक्षको आरोप छ ।
यता अछाम प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै आएको छ । जेठ १७ गते घरबाट वेपत्ता भएका १६ वर्षीय विनोद शाही २१ गते शनिबार बिहान पञ्चदेवल क्याम्पस नजिकको सडक भन्दा तलको जंगलको खोचमा मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीले किटानी जाहेरी लिएपछि जेठ २५ गते मात्र शव घटनास्थलबाट उठाएर पछिल्लो दिन पोष्टमार्टम गरिएको थियो । किटानी जाहेरी दिएका व्यक्तिलाई नियन्त्रणमा लिएर छानविन गर्न माग गर्दै पीडित पक्ष र पञ्चदेवल विनायक नगरपालिकास्थित राजनीतिक दल, अगुवाहरुले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् ।