कल्पना बोहरा, अछाम : अछामका १० वटा पालिकाले वार्षिक रुपमा करिव ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक ५ करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्लाका १० वटा पालिका मध्य सबै भन्दा बढी साँफेबगर नगरपालिका र सबै भन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व संकलन गरेका छन् । साँफेबगर नगरपालिकालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १ करोड ६५ लाख ८ हजार र तृर्माखाँद गाउँपालिकाले २० लाख ५४ हजार राजश्व संकलन गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साँफेबगर नगरपालिकाले तुर्माखाँद गाउँपालिका भन्दा १ करोड ४४ लाख ६३ हजार वढी राजश्व संकलन गरेको छ । साँफेबगर नगरपालिकाले केही स्थानीय तह वाहेक अन्य पालिका भन्दा तेब्बर÷चौब्बर बढीले राजश्व संकलन गरेको छ ।
यस्तै चौरपाटी गाउँपालिकाले ९४ लाख ८६ हजार मंगलसैन नगरपालिकाले ७७ लाख ९७ हजार, पञ्चदेवल बिनायक नगरपालिकाले ४५ लाख ४४ हजार र ढकारी गाउँपालिकाले ४४ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेका छन् ।
त्यसैगरी कमलबजार नगरपालिका ४२ लाख १६ हजार, मेल्लेख गाउँपालिकाले ३४ लाख २१ हजार, बान्नीगढी जगयढ गाउँपालिकाले ३० लाख ६१ हजार र रामारोशन गाउँपालिकाले २९ लाख ३ हजार रुयैयाँ राजश्व संकलन गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकिकृत सम्पत्ति र घरजग्गा वहाल कर, व्यवसायी कर, सिफारिस दस्तुर, व्यक्तिगत घट्ना दर्ता, अन्य प्रशासनिक शुल्कबाट राजश्व संकलन गर्न व्यवस्था रहेको छ । त्यस्तै केही स्थानीय तहले नदीजन्य पदार्थ र स्काभेटरको प्रयोगबाट पनि राजश्वस संकलन गर्दै आएका छन् ।
स्थानीय तहले संकलन गरेको राजश्व विकास निर्माणका कार्यमा खर्च नभई सेवा सुविधा र प्रशासनिकमा वढी खर्च गर्ने गरेको पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा प्रशासनिक खर्च नियन्त्रण गदै प्राप्त अुनदान र राजश्व वाँडफाँडको अधिकतम विकास निर्माण कार्यमा खर्च गर्नको लागि सुझाव पनि दिइएको छ ।
Radio janapriya