टेकराज भण्डारी, साउन १५, अछाम
लाेक सेवा अायाेग अन्तर्गत प्राविधिक सहायककाे तयारी कक्षाले परिक्षाकाे लागि सहयाेग गरेकाे सहभागीहरूले बताएका छन् । मंगलसैन नगरपालिकाकाे सहयोगमा सृष्टि एजुकेसनल ईन्स्टिच्युटले संचालन गरेकाे लाेकसेवा तयारी कक्षाका सहभागीले छाेटाे समयकाे तयारी कक्षा भएपनि यसले अध्ययन गर्ने बानीकाे विकास र विभिन्न उपाय पाएकाे बताएका हुन् ।
कक्षामा सहभागी अमृता उपाध्यायले तयारी कक्षाले महत्त्वपूर्ण सहयाेग पुर्याएकाे भन्दै अागामी दिनमा पनि निरन्तर र समयमै तयारी कक्षा संचालन गर्न सुझाव दिनुभयाे । कार्यक्रमका प्रमुख अतिथि मंगलसैन नगरपालिका प्रमुख पदम बाेहराले तयारी कक्षामा सहभागीकाे उत्साह र मेहनतले सकारात्मक संकेत देखिएकाे भन्दै उच्च मेहनत, दृढ अठाेट र संकल्पका साथ अघि बढ्न सुझाव दिनुभयो ।

जिल्लामा सधैं कर्मचारीकाे समस्या भैरहने र बाहिरबाट अाएका कर्मचारी केही समय बसेर सरुवा भैहाल्ने भएकोले नगरले अाफ्नै नगरका युवायुवतीलाई लक्षित गरि कार्यक्रम संचालन गरेकाे बताउनुभयाे । अागामी दिनमा पनि थप परिस्कृत सहित यस्ता कार्यक्रममा सहयाेग गरिने नगरप्रमुख बाेहराकाे भनाइ छ ।
लाेकसेवा मार्फत सरकारी सेवामा प्रवेश गर्न चाहनेहरुका लागि मंगलसैन नगरपालिकाकाे सहयाेगमा लाेकसेवा अायाेगकाे तयारी कक्षा गत असार दाेस्राे हप्ताबाट संचालन गरिएकाे थियाे । समापन कार्यक्रमका अध्यक्ष सृष्टि एजुकेसनल ईन्स्टिच्युटका प्रबन्धक बिमला शाहीले ईन्स्टिच्युटले विभिन्न अावश्यक्ता र चाहना बमाेजिमका कक्षा संचालन गरिरहेकाे भन्दै अागामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा तयारी कक्षाका प्रशिक्षक शंकर रावल र मान बहादुर बुढाले सिकेकाे सिकाई र अनुभवलाई सही प्रयाेगमा ल्याई सफल हुन शुभकामना दिनुभयाे । समापन कार्यक्रममा परीक्षा लिई सर्बाेत्कृष्ठ अंक प्राप्त गर्नुहुने केशरी बिष्ट, टेकराज भण्डारी र अर्चना ढकाललाई नगद पुरस्कार प्रदान गरिएकाे थियाे ।
नगरकाे सहयाेगमा प्राविधिक सहायक, नायब सुब्बा तथा खरिदारकाे तयारी कक्षा संचालन गरिएकाे थियाे भने करिब ८० जनाले कक्षा लिएका बताईएकाे छ । समापन कार्यक्रममा ईन्स्टिच्युटका संचालक ध्रुवकुमार शाही, व्यवस्थापक नारद ताम्राकारले स्वागत गर्नुभएको थियाे । कार्यक्रमकाे संचालक सिद्धराज ढुंगानाले गर्नुभएको पत्रकार टेकराज भण्डारीले जानकारी दिनुभयो ।