साउन १६,अछाम
कृर्षिलाई ब्यवसायी साँफेबगर नगरपालिका कृर्षि शाखाले एक कार्यक्रमका विच मिनिटिलर कृषकलाई वितरण गरेको छ । वितरण कार्यक्रममा वोल्दै साँफेबगर नगर उप प्रमुख विर्मला बुडथापाले कृर्षि आधुनिकिकरण गरी कृर्षि क्षेत्रलाई पेशामा अगालेका समूहलाई आधुनिक यन्त्र वितरण गरिएको धारणा ब्यक्त गर्नु भयो ।

उप प्रमुख बुडथापाले कृर्षिलाई ब्यवसायी रुपमा अघाडी बढाएर ब्यवसाय वने नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयोे । कृर्षिलाई यन्त्रिकरण गरी उत्पादन लागत घटाउने उद्धेश्यले वडा नं. ५ स्थित जारिम खोला कृषक पाठशाला समूहलाई मिनिटिलर वितरण गरेको कृर्षि शाखा प्रमुख सुरेन्द्र कुँवरले जानकारी दिनु भयो ।
कृर्षि शाखाको ८० हजार आर्थिक सहयोगमा मिनिटिलर खरिद गरेको हो । समूहमा २५ जना कृषक महिलाको सहभागिता रहेको छ । मिनिटिलरले मानिसको एक घण्टाको काम १५ मिनेट अगाबै गर्न सक्ने कृर्षि शाखाले जनाएको छ । उप प्रमुख विर्मला बुडथापाको अध्यक्षतामा भएको मिनिटिलर वितरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष वालगिरी कुँवर, वडा नं. १३ का वडा अध्यक्ष सागर सिहं वाब्ली,
स्वास्थ्य शाखाका पुष्प बुढा, श्रोतब्यक्ति नर बहादुर कार्की, पशु शाखा कर्ण बहादुर कुँवर, रोजगार संयोजक आशा चौधरी लगायतको सहभागिता रहेको थियो । कृर्षि शाखा प्रमुख सुरेन्द्र कुँवरले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन पशु शाखा प्रमुख पदम थापाले गर्नु भएको थियो ।