होम साउद, अछाम १६ साउन
नेपाल प्रहरीका प्रहरी नायव महाँनिरिक्षक तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी तारणी प्रसाद लम्सालले प्रहरी कसको हो भन्ने अन्यौलता अबको एक महिनामै समाधान हुने विश्वास ब्याक्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय अछाममा सरोकारवालासंग भएको भेटघाट तथा अन्र्तक्रियामा डिआईजी लम्सालले समायोजन विधेयक आउने वित्तिकै प्रहरी प्रदेशकै भएर आउने जानकारी गराँउनुभएको हो ।

विधेयक आएपछि प्रदेश भीत्रै मात्र सरुवा हुने र स्थानीय तह मार्फत तलव खुवाउने गरि ब्यावस्था हुन लागेकाले धेरैले रोजगारी पाउन सक्ने समेत उल्लेख गर्नुभयो । प्रदेशमा खटेका प्रहरीहरु बढुवा हुदै जाँदा माथिल्ला पदहरुमा समेत पुग्ने वातावरण समेत रहेको डिआईजी लम्सालको भनाई थियो ।
आवाज..
अछामका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधि, पत्रकार र अधिकारकर्मी संग समसामयिक विषयमा अनौपचारीक छलफल गर्नुभएका डिआईजी लम्सालले प्रहरीले कसैको राजनीतिक दवाव र प्रभावमा नपरि काम गर्नुपर्ने बताँउनुभयो । प्रहरी सबैको साझा भएकाले कसैलाई काखा र पाखा गर्न नपाईने भन्दै त्यस्तो भएको पाईएमा कारबाही गरिने बताँउनुभयो ।
आवाज ……
जिल्ला प्रहरी कार्यालय अछाममा भएको अनौपचारीक छलफल कार्यक्रममा मंगलसैन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहरा, रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, नेकपाका जिल्ला कार्यदल सदस्य चन्द्र बोहरा, नेपाली काँग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगाना,
जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख, डिएसपी जनकबहादुर शाही,नेकपाका जिल्ला सदस्य नमराज न्यौपाने महिला अगुवा मना अधिकारी, लक्ष्मी सोप, जिल्ला स्थित विभिन्न सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सहभागि सबैले डिआईजी लम्साल संग अछाम जिल्लामा शान्तिसुरक्षाको अवस्थाका सन्र्दभमा छलफल गर्नुका साथै जिल्लाका समस्याहरुबारे जानकारी गराउनुभएको थियो । यहाँको बढ्दो सुरक्षा चुनौती, अब्यावस्थित मदिराले निम्त्याईरहेको समस्या, शान्ति सुरक्षा कायमका लागि प्रहरी र सरोकारवालाको भूमिका तथा समन्वयका विषयमा पनि छलफल गरिएको थियो ।