लाल बहादुर साउद (बिद्रोही)
माओवादिको गौरवपुर्ण संघर्श जन्ताको रगत र पसिनाको भेलबाट प्राप्त एतिहासिक संसदीय गणतन्त्र हुँदै देस संघीयता होमिएको सर्वबिधितै छ । नेपालको (माओवादी )कम्युनिस्ट आन्दोलन लाई सूक्ष्म तरिकाले नियाल्ने हो भने बडा अचम्म जस्तो लाग्छ

हिजो जुन दलाल संसदीय ब्यबस्था बिरुद्ध क्रान्तिको मैदानमा,युद्दको भट्टीमा हाम फाल्दा केवल संसदीय ब्यबस्थाको अनत्य जन्ताको जनवादि ब्यबस्थाको स्थापना सर्वहारा वर्गको मुक्ति को निम्ति बाचा कसम खाइ क्रान्तिमा ज्यानको बाजि राख्दै रगत्को होलि खेल्दै क्रान्तिमा हजारौं लाखौं नेपाली दाजुभाइ होमिनु भयको थियो धेरैले युद्द्कै बेला शहादत प्राप्त गर्नु भयो
धेरै बेपत्ता ,घाइते ,अपाङ्ग हुनुभयो अहिले जनयुद्दमा होमियका धेरैको नारकिय जीवन बितिरहेको छ भने धेरैको मोज मस्तिको र यश आरामको जीवन बिताइ राख्नु भयको छ । बडो अचम्म त के भने हिजो एउटै मोर्चमा एउटै उद्देश्यमा समर्पित भइ लडेको पार्टीका नेताहरु कोइ सरकारमा ,कोइ समाजवादि पार्टीमा कोहि बिद्रोइको लाइन पक्डदै क्रान्तिकै दौरान मा हुनुहुन्छ !
यी सबै नेताहरूलाई नियालेर हेर्दा शान्ती प्रक्रिया पछि आफ्नो स्वार्थ सिद्दिको लागि आ-आफ्नो मोर्चा समालिरहेको जस्तो नेपाली जनमानस्मा देखियो! पछिल्लो चरणमा हाल कम्युनिस्ट आन्दोलनमा हेर्ने हो भने झापा बिद्रोह बाट आयको नेकपा एमाले जनयुद्द बाट आयको नेकपा माओवादी केन्द्र को (एक हिस्सा ) संघ र प्रदेसको निर्वाचनमा चुनावी तालमेल भइ
पार्टी एकता भएको को करिब एक बर्ष भन्दा बढी भैसकेको छ !पार्टी एकाताले मुर्त रुप लिन सकिरहेको छैन कहिले सैद्धान्तिक,वैचारिक बिवाद त कहिले पदिय भागबन्डा को बिवाद देखिन्छ !वास्तवमा फरक फरक मुल्य मान्यता बाट यक ठाउमा आइसकेपछी गुटगत र पुर्ब पार्टीगत स्वार्थ भन्दा माथी उठि नेपाल राष्ट्र र राष्ट्रियता,
नेपाली जन्तालाई केन्द्रमा राख्दै (जन्ताको बहुदलिय जनवाद र माओवादिको एक्काइसौ सताब्दिको जनवाद )लाई यतिकै मा सिमित राखी सर्वहारा बर्गलाइ केन्द्रमा राख्दै नेपाल राष्ट्र ,नेपाली भुगोल, माटो, हावा ,पानी, नेपाली जन्ता लाई सुहाउदो हुनेगरी नया किसिमको मार्ग्दर्शक सिद्दान्तको आबिस्कर गरि नेकपाले सिद्दान्त लाई क्लियर गर्नु पर्छ र पार्टी यकतालाइ जन्ताको घरदैलो मा छिटो भन्दा छिटो पुर्याउनु पर्द्छ !
हाल केन्द्रमा र छ वटा प्रदेशमा कम्युनिस्ट सरकार भयको पनि बिधितै छ अहिले जताततै हत्या,हिंशा,बलात्कार र अत्याधिक भ्रस्टाचार जस्ता जघन्य अपराध देसै भरी मौलाइ रहेका छ्न सरकार दुई तिहाइको छ तर मौन छ यी सबै बिसयलाई ध्यान दिदै भासण होइन जन्तालाइ परिणाम दिइयोस !
अर्को प्रसङ- सङघियता बिरोधी हरु पनि सल्बलाइ रहेका छ्न संघीयतालाई मन नपराउने हरुको नेट्वर्क मार्फत संघीयताभित्र रहेर ब्रम लुट् मच्चाइरहेका छ्न र जसरी पनि सङघियता ठिक छैन बरु राजा आउ भन्ने हरु को बिग्बिगी पनि बढीरहेको जस्तो छ !
भारतिय गुपत्ताचार सस्था रअ को पनि चल्खेल भैरहेको छ भन्ने सुनिन्छ यी सबै विषयलाइ नियालेर बर्तमान सरकारले र नेकपा ले जन्ताको जिबनस्तर लाइ ख्याल गर्दै मुलुक लाई सम्बृद र राष्ट्रलाई स्वधिन्ताको उचाइ मा पुगाओस यदि यसो गरियन भने जन्ताले धैर्यताको सिमा नाघ्नेवाला छ्न ! दुर्भाग्य हुनेवाला छ।होसियार ?
( लाल बहादुर साउद (बिद्रोही) तत्कालिन अखिल क्रान्तिकारि जिल्ला सचिवालय सद्स्य अछाममा काम गर्दै आउनुभएको छ । )