साउन १७ अछाम
नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य नरेन्द्र साउदले आफ्नो व्यक्तिगत लगानी बाट सडक मर्मत गरेका छन । बान्नीगढी जयगड गाउँपालिका वडा नम्वर ६ दर्नाका युवा नेता समेत रहनुभएका साउद आफ्ना लगानी बाट सडक मर्मतमा जुट्नुभएको हो । स्थानिय जनताहरु लाई आवत जावत गर्न निकै कठीन भएपछि उहाँले जनताको सहजताको लागी भन्दै सडक मर्मत गर्नुभएको हो ।

उहाँले बान्नीगढी जयगढ गाउँपालिका देखी दर्ना र दर्नाका शाखा सडकहरु आफ्नो व्यक्तिगत लगानीमा सडक मर्मत गर्नुभएको छ । बर्खायाम लागे संगै सडकहरुमा चिरा परेर गाडी सञ्चालन गर्न कठीन भएपछि आप्नै पहलमा सडक मर्मतको काम लाई अगाडी बढाएको उहाले बताउनुभयो ।
स्थानिय सरकारले सडक मर्मतको लागी कुनै पनि चासो नदेखाएपछि आफु अग्रसर भएर सडक मर्मतमा जुटेको नेता साउदले बताउनुभयो । सिकीस्त बिरामी,सुत्केरी महीलाहरु लाई स्वास्थ्य चौकी अथवा वयलगडा अस्पतालमा लिनको लागी, वालवालिकाहरु लाई हिडडुल गर्न र विद्यार्थिहरुलाई विद्यालय जान निकै सास्ती भएपछि आफुले सडक मर्मतको काम थालेको उहाँले बताउनुभएको छ ।
उहाँले अहीले दर्नाको माझेठाना हुदै काडाकोट, परीगाउँ हुदै वडा कार्यलय, मिलखाड देखी वडा कार्यलय सम्मका सडक मर्मतको काम सकेर गाउँपालिका आउने सडक मर्मतमा लाग्नुभएको बताएको छ । उहाँले यस्ता सामाजिक कामको बिरोध गर्नुभन्दा पनि साथ र सहयोग गरीदिन पनि सबैलाई आग्रह गर्नुभयो । सबैको साथ र सर्पोट पाए यस्तै खालका रचनात्मक कामहरु गर्दै जाने युवा नेता साउदले बताउनुभएको छ ।